गाेरखा- सिरानचोक गाउँपालिका-६, गाँखु सान्नानी भञ्ज्याङस्थित हिमाली माध्यमिक विद्यालयको स्वर्णजयन्ती समारोहको सोमबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका सांसद प्रकास चन्द्र दवाडीले स्वर्णजयन्ती स्तम्भ अनावरण गरी स्वर्णजयन्ती को उद्घाटन गरेका हुन् ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष वुद्धिबहादुर गुरुङको अध्यक्षतामा सञ्चालन भएको स्वर्णजयन्ती समारोहमा राष्टिूय खेल महिला र पुरुषको कपर्दी, भलिबल खेलका विजयीहरुलाई पुरस्कृत गरिएको थियो ।
समारोहको अबसरमा स्थानीय गुरुङ समुहले सोरठी नाच, पाउँदुरे नाच, सेर्का नाच प्रदर्शन गरेका थिए । समारोहका प्रमुख अतिथि दवाडीलाई सो अबसरमा नयाँसाँगुको दरौंदी सिर्जनसील महिला समुह, गैरीगाउँको जनसेवा महिला समूह, उपल्लो गाँखुको उपल्लोगाँखु महिला समूह, सान्नानी भञ्ज्याङ महिला समूह, हिउँचुली महिला समूहले सम्मान गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि सांसद दवाडीले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालनका लागि आर्थिक सहायता प्रदान गरेका थिए । विद्यालय व्यबस्थापन समितिका अध्यक्ष गुरुङलाई सो प्रयोजनका लागि ५० हजार रुपियाँ हस्तान्तरण गरेका वडा अध्यक्ष नारायण दानीले जानकारी दिए ।

सो अवसरमा वडा नं. ६ को कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा सान्नानीभञ्ज्याङदेखि महटार, नयाँसाँगु र जरेबरसम्म प्याराग्लाइडिङ उँडाइएको थियो । लाइसेन्स प्राप्त पाइलटबाट प्याराग्लाइडिङ उँडाइएको वडा अध्यक्ष दानीले बताए ।
प्याराग्लाइडिङको सम्भाव्यता अध्ययनका लागि र अन्य खर्चका लागि वडा कार्यालयले तीनलाख रुपियाँ बिनियोजन गरेको वडा अध्यक्ष दानीले बताए ।