तनहुँ- नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारले लोकतन्त्र खतरामा पर्दै गएको बताएका छन् । काङ्ग्रेस जिल्ला कार्य समिति तनहुँले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले मौलाउँदै गएकाे भ्रष्टाचार समयमै गर्न न्यूनीकरण नसके लाेकतन्त्र नै खतरामा पर्ने दावी गरे ।
‘गिरिजाप्रसाद कोइरालाको स्मृतिमा तनहुँको खैरेनीटारमा स्थापना गरिएको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र हटाउने सरकारको निर्णयविरुद्ध बृहत् विरोध कार्यक्रमको आयोजना गर्नुपर्छ,’ उनले भने, ‘यो सरकारलाई बेलैमा झक्झकाउन सकिएन भने लोकतन्त्र खतरामा पर्ने सङ्केत देखिएको छ ।’
‘काङ्ग्रेस कार्यकर्ताको व्यवहारमा परिवर्तन गर्न सके पुनः काङ्ग्रेस जनताको मन जित्दै अघि बढ्न सक्छ,’ उनले भने, ‘नेकाले समाजमा परिवर्तन हुने गरी काम काम गर्छ जनतालाई झुक्याएर होइन ।’ अब चुनाव धेरै टाढा नरहेकाले काङ्ग्रेसको नेतृत्वमा सरकार आउन सक्ने सम्भावन रहेको चर्चा गर्दै नेत पाैडेलले भने, ‘पहिलाकै स्थानमा पुग्न काङ्ग्रेसले कसरत गर्न आवश्यक छ ।’