गाेरखा- बारपाक सुलिकोट गाउँपालिका वडा न २ राङरुङ मा रहेका १५ घर धुरीलाई खानेपानी ट्याङकि र धारा निर्माण भएकाे छ ।
युनिसेफ र स्बारा सघन गाउँ बिकास केन्द्र गोरखाको साझेदारीमा निर्माण गरिएको खानेपानी ट्याङकि र खानेपानी धारा आज यक कार्यक्रम गरि फिङल्यान्डका राजदुत पेटि एन्टिनेटले एक कार्यक्रमका विच हस्तान्तरण गरे ।

राङरुङ खानेपानी उपोभक्ता समितिका अध्यक्ष राम ब गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा फिङल्यान्डका राजदुत यन्टिनेट र बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष बिष्णु भट्टको प्रमुख आथित्यता रहेको थियो ।
कार्यक्रमा केन्द्रका कार्यकारी निर्देशक सीताराम श्रेष्ठ, स्बारा सघन गाउँ बिकास केन्द्रकि अध्यक्ष कृष्ण कुमारी गुरुङ, युनिसेफ का प्रतिनीधि टोमो होजोमु , आदिले मन्तब्य राखेका थिए ।
सन् २०१८ नाेभेम्बेरबाट निर्माण कार्य सुरू भएकाे अायाेजना २ महिनामा नै निर्माण सम्पन्न भर्इ स्थानियलार्इ हस्तान्तरण गरिएकाे हाे । खानेपानी निर्माण गर्नको लागि परियोजनाको तर्फ बाट ४ लाख ७५ हजार ८२१, समुदायकाे श्रमदानबाट ३ लाख ३९ हजार ३६९ कुल ८ लाख १५ हजार १४० लागतमा निर्माढ भएकाे केन्द्रका निर्देशक श्रेष्ठले जनाकारी दिए ।