काठमाडौं- दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट ब्याटिङ र अभिनास बोहोराको उत्कृष्ट बलिङमा नेपालले दोस्रो टी–२० खेलमा युएईलाई ४ विकेटले पराजित गरेको छ।
जितसँगै नेपालले ३ खेलको सिरिज १–१ को बराबरी गर्न सफल भएको छ। यसअघि सिरिजअन्तर्गत नेपाल बिहीबार भएको पहिलो खेल २१ रने पराजित भएको थियो।
पाँचौं नम्बरमा ब्याटिङमा आएका उनले ४१ बलको सामना गर्दै ४७ रन बनाएपछि नेपालले तीन खेलको टी–२० सिरिजमा १–१ को बराबरी गरेको छ ।अन्तिम ओभरको पहिलो बलमा आउट हुनुअघि उनले २५ बलको सामना गर्दै १८ रन बनाएका थिए ।

यस्तै नेपालका लागि करण केसी २०, प्रदिप ऐरी ८, ज्ञानेन्द्र मल्लले ७ र सन्दिप जोरा १ रनमा आउट भए भने कप्तान पारस खड्का गोल्डेन डकआउट भएका थिए ।
१०.१ ओभरमा सन्दीप जोरा आउट हुँदा नेपालको स्कोर ५ विकेटको क्षतिमा ४६ रन मात्रै थियो । त्यसपछि ब्याटिङ गर्न आएका पवनले दीपेन्द्रसँग मिलेर नेपाललाई जित दिलाएका हुन् ।
नेपालका अनुभवि कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् । यद्यपी ज्ञानेन्द्र मल्ल र करण केसीले तेस्रो विकेटका लागि २६ रनको साझेदारी गरेका थिए । यो नेपालको दोस्रो ठूलो साझेदारी हो । मल्ल सात रनमा ६.१ ओभरमा आउट भएपछि करण नेपालको ३९ रन हुदा ब्यक्तिगत २० रनमा आउट भए ।
यसअघि आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा अलआउट हुँदै १०७ रन बनाएपछि नेपालले समान्य चुनौती पाएको थियो ।