गोरखा– जेसिज गोरखा गोरखाको ३८औ पदस्थापना तथा पुरस्कार बितरण समारोह एक कार्यक्रमका बीच होटल मिरकालमा सम्पन्न भएको छ ।
जेसिज बर्ष २०१८ का अध्यक्ष उमेश गुरुङको अध्य्क्षयतामा भएको उक्त कार्यक्रममा बर्ष २०१८ का अध्यक्ष गुरुङले बर्ष २०१९ का अध्यक्ष राजिव अधिकारीलाइ पद हस्तान्तरण गरेका थिए ।
गोरखा नगरपालिकाका मेयर राजन राज पन्तको प्रमुख आथिथ्यतामा भएको समारोहमा जेसिजलाइ योगदान पुर्याउने व्यक्तित्वहरुलाई संम्मान गरिएको थियो ।
अध्यक्ष राजीव अधिकारि को नेतृत्वमा नवगठित २१ जनाको कार्यसमिति पदाधिकारीलाइ सपथ ग्रहण गराएको क्लबका पब्लिसिटी संयोजक दिनेश दानी (काजीराम) ले जानाकारी गराए । अझै बाकि रहेको पदमा कार्यसमितिको बैठक बाट पूर्ण समिति बनाइने क्लबले जानाकारी दिएको हो ।
सोहि कार्यक्रममा आफ्नो भावी योजना प्रस्तुत गर्दै अध्यक्ष अधिकारीले जेसिज क्लबमा तालिमको कमि भएको महसुस गरेको अब आगामी दिनमा आफ्नो कार्यकाल मुख्यतया तालिमको बर्षका रुपमा लैजाने बताए ।
जस अनुसार यो बर्ष धेरै भन्दा धेरै तालिम ल्याएर हरेक ब्यक्ति बालबालिका लाइ जेसिज के हो यस्ले के कस्ता कार्य गर्छ भन्ने बारेमा ज्ञान र जनाकारी दिन जरुरि छ जसको सुरुवाती गराउने उनले उद्घोष गरे । क्षमता र नेतृत्व बिकाशको लागि तालिम लिएर जेसिज अभियान लाइ जेसिज सप्ताहको रुपमा अघि बढाउने धारणा व्यक्त गरे ।
गोरखा नगर पालिकाको १४ ओटै वार्डमा जेसिज अभियानलाइ पुर्याएर अझै धेरै युवा यस अभियानमा आबद्ध गराउने आफ्नो लक्ष्य पुरा गरि छाड्ने उनले बताए ।
यसै बर्ष जेसिज पुर्वअध्यक्ष हरुको भेला गरि जेसिज बर्ष २०१८ ले सुरु गरेको क्लबको आफ्नै भवन निर्माण कार्यलाई निरन्तरता दिने र थुप्रै लोकप्रिय कार्यक्रम गरि आफ्नो २०१९ को बर्ष सफल बनाउने प्रतिबद्दता व्यक्त गरे ।

कार्यक्रममा नगर प्रमुख राजराज पन्त, जेसिजका पुर्व अध्यक्षहरु, धिरज बहादुर मास्के, माधव बाबु श्रेष्ठ,पोखराका अध्यक्ष सन्तोष शाही, नारायणगढ लेडिज जेसिसका अध्यक्ष निरु कार्की, नयाँ शक्ति पार्टीका जिल्ला अध्यक्ष ज्ञानेन्द्र कुमाल, नेपालि कांग्रेस जिल्ला सचिव नन्दप्रसाद न्यौपाने, गोरखा जेसिजका निबर्तमान अध्यक्ष आनन्द गुरुङ (काजि) संगम बाबु श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।