गाेरखा- पालुङटारमा फागुन महिना भरी रमाइलाे हुने कार्यक्रम रहेकाे छ । जिल्लाकाे गाेरखा नगरपालिका पछिकाे ठुलाे नगरपालिका रहेकाे पालुङटार नगरपालिकामा दुई समुहविचकाे ‘हड’का कारण फागुन महिनाभरी नै रमाइलाे हुने भएकाे हाे ।
एकै समय एकै ठाँउमा त्याेपनि पालुङटारकाे विकास गर्न भन्दै महाेत्सव गर्न तम्सिएका उघाेग बाणिज्ष संघ, पालुङटार इकाई र चेम्बर अफ कमर्स, पालुङटार इकाईले फरक-फरक समयमा पालुङटारमा महाेत्सव गर्न भन्दै प्रचार प्रसारमा त्रिव पारे, तर किन एकै समयमा एकै स्थानमा दुई संस्थाले यस्ताे आँट गरे त ! आज हामी यस विषयमा चर्चा गर्ने छाैँ ।
पालुङटारमा सामाजिक क्षेत्रमा सक्रिय युवा किरण गिरीले आफ्नाे समाजिक सञ्जाल फेसकुमा लेखेका छन् ‘पालुङटारमा अहिले गुलियो चिया गफ वा मिठो सितन गफ बनेको विषय ‘एकै समय दुई महोत्सव’ ! मैले एउटा युवा क्लबको हैसियतले दुबै आयोजक सङ्गै छुट्टाछुट्टै भेट गरी दुबैलाई एउटै ठाउँमा राखी एउटा निष्कर्ष निकालेर ‘पालुङटारमा एक मात्र महोत्सव, भव्य तयारी, तयारीमा सबै स्थानीयको साथ’ भन्ने शीर्षकमा फेसबुकमा पोस्ट्याउने सपना बोकेको थिए ।’
सबैभन्दा पहिला कुरा गराैँ उघाेग बाणिज्य संघकाे आयाेजनामा हुने ‘पालुङटार लिगलिग महाेत्सव’का बारे ।
गत माघ ३ गते बिहिबार संघले पालुङटारमा पत्रकार सम्मेलन गर्दै महाेत्सव आयाेजना गर्ने घाेषणा गर्याे । उसले महाेत्सव गर्नका लागी करिव ३५ लाख खर्च लाग्ने भन्दै पत्रकार सम्मेलन गर्दै भनेकाे छ ‘स्थानिय कला र संस्कृतिको संरक्षण सँगै पर्यटन प्रवद्र्धनका लागी महोत्सव गर्न लागिएको हाे।
संघकाे कुल सदस्यता पालुङटारमा मात्रै करिव ३ सय हाराहारि रहेकाे दावी गरेकाे छ । त्यसैले स्थानिय स्तरमा संघ बलियाे छ । नगरपालिका र बिद्यालयले पनि संघलाई नै अनुमति तथा मैदान पनि उपलब्ध गराएकाे छ ।
‘हामीलाई क्रम गर्न उहाँहरूले महाेत्सव आयाेजना गर्नुभएकाे हाे । हामीले उहाँहरू भन्दा पहिला नै नगरपालिका र बिद्यालयसँग अनुमति मागि सकेका छाैँ । त्यसैले हाम्राे सबै कार्यक्रमहरू फिस्क भईसकेकाे छ’, संघका इकाई अध्यक्ष आशिष देवकाेटाले भने ।
अब कुरा गराैँ, चेम्वर अफ कमर्सकाे । जिल्लामा केहि महिना अगि स्थापना भएकाे चेम्बरकाे खासै बाक्लाे सदस्यहरू नभएतापनि पालुङटार म नै किन उसले उघाेग बाणिज्यलाई क्रस गर्न महाेत्सव आयाेजना गर्याे त ? पालुङटार इकाईमा चेम्बरकाे ३० जनाका हाराहारीमा सदस्य रहेकाे दावी गरेकाे छ । स्थानिय स्तरमा संघभन्दा न्युन मात्रामा सदस्य रहेकाे चेम्बरले किन आफ्नाे उपस्थिति देखाउन चाहान्छ ?
स्थानिय स्तरमा क्रियाशिल युवाहरूले भने दुवै समुहलाई ज्ञापन पत्र लेख्दै सयुक्त रूपमा माहाेत्सव आयाेजना गर्न आग्रह गरेकाे छ । सात युवा समुहद्वारा हस्ताक्षर गरिएकाे पत्रमा भनिएकाे छ।
‘आम पालुङटारवासीकाे मर्म र भावना विपरित कुनै दुई संस्थाकाे संस्थागत, ब्यतिगत वा राजनितिक लडार्डमा एकै समयमा दुई महाेत्सव गर्नाले पालुङटारलाई नै सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक एवं पर्यटकिय रूपमा नाेक्सान पुर्याउदै स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नै पालुङटारकाे छवि धमिलिने अवस्ता आएकाे छ ।’
पत्रमा एकताकाे उद्दम थलाे भएकाे भन्दै एकता, मैत्री सदभाव, बन्दुत्व र भार्इचारकाे सन्देश सम्प्रेषण गर्न भन्दै दुवै समुहलाई एउटा मात्र महाेत्सव गर्न आग्रह गरेकाे छ । उद्योग बाणिज्य संघले मात्र आधिकारिक अनुमती लिइ तयारी सुरु गरेकाले नगरपालिकाले उद्योग संघलाई मात्र सहयोग गर्ने बताएको छ । सोही आधारमा माझाटार खेल मैदान भवानी माध्यमिक विद्यालय संघलाई उपलब्ध गराइसकेको बिद्यालयले जनाएकाे छ ।
नगरपालिकाको धारणालाई आधिकारिक मान्ने हो भने मैदान र अनुमती नै नपाएको च्याम्बर्सले ‘ऎतिहासिक प्रथम पालुङटार महोत्सव’को प्रचार गर्दै हिड्नु मुर्खाता हो ।
गिरी लेख्छन् ‘हुन त दुबै वा कुनै एक मात्र महोत्सव भए पनि ‘कोहि केही हुने होइन, प्रधानमन्त्री नै वा मेयर नै हुने होइन’ यद्यपि ५००/१००० मात्र व्यावसायी भएको पालुङटारमा यति सम्मको जात्रा देखाउन आवश्यक थिएन ।’ उनी आयाेजनालाई थप सुझाव दिन्छन् ‘अझै पनि समय छ, तपाइहरुको सस्थागत, व्यक्तिगत वा रजनैतिक लडाइँमा पालुङटार चेपिनु भएन । आउनुहोस बहस गरौं, म जस्तै कन्फुजनमा परेका पालुङटार बासीलाई प्रष्ट पारौ अनि गर्ने छन खुलेर सहयोग, अनि सफल हुनेछ पालुङटार ।’