गोरखा- लमजुङ र गोरखाको सिमाना चेपे खोलामा जलविद्युत् आयोजना निर्माणको तयारी गरिएको छ । दूधपोखरी गाउँपालिका १, दूधपोखरीमा निर्माण हुने गरी ८ दशमलव ६३ मेगावाटको चेपे खोला साना जलविद्युत् आयोजना निर्माण प्रक्रिया सुरु भएको हो ।
चेपेखोलामा स्वदेशी लगानीमा आतुतोष इनर्जी प्राईभेट लिमिटेटले ८.६३ मेगावाट क्षमताको जलबिद्युत निर्माण गर्नेभएको हो । आयोजना निर्माणका लागी प्रा.लि.र नेपाल बिद्युत् प्राधिकरण बिचमा बिद्युत् खरीद समझौता पनि भएको छ । उनीहरुबीच जेष्ठ १५ गते काठमाडौमा सम्झौता भएको हो ।
गोरखा र लमजुङको सिमानामा रहेका गोरखा तर्फको अजिरकोट गाउँपालिका वडा न २ र ३ (खरिबोट र हंसपुर) र लजुङतर्फको दुधपोखरी गाउँपालिका वडा न १ मा निर्माण गर्नका लागि कम्पनिले गत बैशाख १३ गते प्रारम्भरिक वातावरणिय परिक्षण (आईई) का लागि सुचना प्रकाशित गरेको थियो ।
यो आयोजना निर्माणमा लागि आयोजनाको हेर्डबक्स दुधपोखरी गाउँपालिकाको माझगाँउमा निर्माण गरी सोहि गाउँपालिकाको कल्लाबारी, नयाँगाउँ हुदै लमजुङ तर्फको ३ हजार १५० मिटरको पेनस्टक पाईप मार्फत चेपेखोलाको पानी सोही गाउँपालिकाको कुनास्वाराँमा पावरहाउस निर्माणका लागि कम्पनिले प्रस्ताव तयार पारेको संस्थाका निर्देशक किरण चिलवालले जानकारी दिए ।
लगभग साढे १ खर्ब ६४ करोड लागतमा बन्नसक्ने प्रारम्भिक सर्भेले देखाएको छ । कम्पनिले २०७८ साल चैत्र १८ गते निर्माण कार्य सम्पन्न गरीसक्नुपर्ने हुन्छ । यो आयोजना लम्जुङ राईनासका युवाहरुको समुहले निमार्ण गर्न लागेका हुन् । यो आयोजना बनेपछि गोरखा तर्फका खरिबोट र हंसपुर अनि लम्जुङतर्फका दुधपोखरी गाउपालिकाका करिब १५ हजार स्थानिय प्रत्यक्ष लाभवभित हुनेछन् ।
हाल दुधपोखरीमा १ मेगावट क्षमताको लघुलजबिघुत सञ्चालित छ भने गोरखा तर्फ खरिबोटमा ३ वटा र हंसपुरमा ४ वटा गरी करिब ९० किलोवाट क्षमता लघुलजबिघुत सञ्चालनमा छन् ।
आयोजनाको पहुँचमार्ग र अन्य पूर्वाधार विकासको काम भइरहेको छ । आयोजनालाई आवश्यक मुआब्जाको मूल्य तय भएको छैन् । आयोजनाको लागि मात्र १ हजार २ सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । २ बर्षमा निर्माण कार्य सम्पन्न भएमा सरकारले बार्षिक ३० करोडमा किन्नेछ । आयोजनाबाट उत्पादन हुने बिजुली निमार्ण स्थलबाट करिब १५ किलोमिटरमा रहेको लम्जुङको किर्तीपुर बेर्निसम्म अायाेजनाले नै १४० केभी प्रसारणलाइनमा पुर्याउनु पर्ने छ ।
अायाेजनाकाे निर्माण कार्य २०७६ बैशाखबाट थालिने संस्थाले जनाएकाे छ । संस्थाका अनुसार ०७६ बैशाखसम्म सबै जग्गा खरिद गर्ने र निर्माण गर्नका लागी टेन्डर हुनेछ । अायाेजनाले २०७८ फागुन ९मा निर्माण कार्यसम्पन्न गर्ने लक्ष्य लिएकाेछ ।
अायाेजनाबाट उत्पादन भएकाे बिद्युत हिउदकाे समय ६ महिना प्रतियुनिट ८ रूपैया प्रतिपेसा र बर्षा समयमा प्रतियुनिट ४ रूपैया ८० पैसामा खरिद बिक्रि गर्ने गरी पिपिए भएकाे संस्थाले जनाएकाे छ ।