गोरखा- सिरानचाेक गाउँपालिका-७, गाेहाेरेमा अन्तर प्राथामीक बिधालय स्तरीय खेलकुद प्रतियोगीता सम्पन्न भएको छ । सिरानचोक गाउपालिका स्थित वार्ड ७ साबिक श्रीनाथ गाबिसमा रहेका ९ बिधालय सहभागी उक्त प्रतियोगितामा अन्य ८ स्कुललाई पछि पार्दै जनकल्याण माबि प्रथम भएको छ ।
श्रीनाथ आधारभूत बिधालयको प्राङ्घडमा भएको प्रतियोगितामा ३ स्वर्ण र १ काश्य, सहित प्रथम स्थान ल्याउन सफल भएको सोहि बिध्यालयका अतिरिक्त क्रियाकलाप शिक्षिका बर्षा ढकालले जानाकारी गराईन । त्यस्तै गरि श्रीनाथ आधारभूत विधालय २ स्वर्ण १/१ रजत तथा काश्य पदक प्राप्त गरि दिर्तीय र २ रजत सहित १ काश्य पदक प्राप्त गरि चन्द्रोदय मावि तिर्तिया भएको हो ।
वार्ड सदस्य एवम खेलकुद संयोजक राजेन्द्र बाबु ढकालको अद्क्षयतमा भएको कार्यक्रममा प्रमुख अतिथि वार्ड अध्यक्ष सुरज ढकाल लगायतको उपस्थिति थियो । कार्यक्रममा बोल्दै वार्ड अध्यक्ष ढकालले गाउपालिकाको शैक्षिक सुधार नीति अन्तरगत भएको यस कार्यक्रम आगामी दिनमा पनि निरन्तर हुने प्रतिबद्दता जनाए ।