गाेरखा-गाेरखा नगरपालिका-११, टक्सारमा गुडिरहेकाे सवारी साधनकाे ठक्करबाट एकजा पैदलयात्रीकाे मुत्यु भएकाे छ ।
गोरखा नगरपालिका-४, पन्थेस्वाँरा स्थायी घर भई हाल १३ किलो बस्दै आइरहेका कृष्ण कोइरालालाई अज्ञात सवारी साधनले ठक्कर दिदाँ उनकाे मुत्यु भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ ।
उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गोरखा ल्याएको थियो । तर कोइरालाको घटना स्थल मै मृत्युु भइसकेको जिल्ला अस्पताल गोरखाले जानकारी दिएको छ ।
घटना भएको झण्डै १०० मिटर पर चापी सहितको ट्याक्टर फेला परेको प्रहरीले बताएको छ । जिल्ला सदरमुकामबाट १२ किलो तर्फ जाँदै गरेको ग १ त ४५२३ नम्बरको ट्याक्टर चापी सहित बेबारिसे भेटिएकाले सोही ट्याक्टरले ठक्कर दिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
तर, चालक फरार रहेका र सवारी धनि समेत पहिचान भएकाले खोजी कार्य भइरहेको नेपालले बताए । मृतकको शव जिल्ला अस्पताल गोरखामा राखिएको छ । मंगलबार आवश्यक प्रक्रिया पुरा गरी आफन्तलाई बुझाउने प्रहरीको भनाई छ ।