तनहूँ- तनहुँकाे मित्रता माध्यमिक बिद्यालयका विद्यार्थीहरुले पढाई खर्च जुटाउन च्याउ खेती गरेका छन । विद्यालयमा यसै वर्षदेखि डिप्लोमा इन एग्रीकल्चर विषयको पठन पाठन शुरु भएपछि एग्रीकल्चर पढने विद्यार्थीहरुलाई व्यवसायिक बनाउन च्याउ खेति गरिएकाे हाे ।
अहिलेको अवस्थामा विद्यार्थीहरु शिक्षा हासिल गरिसकेपछि स्वरोजगार बन्नुभन्दा पनि विदेश पलायन हुने परम्परा भइरहेकोले सो परम्परा तोडनको लागी समेत आफूले यस्तो योजना ल्याएको प्रधानाध्यापक ध्रुव अधिकारीले बताए ।
च्याउ खेती कसरी गर्ने त ?
च्याउ खेती गर्ने गर्न त्यति सजिलाे नभएकाे छात्रा रेश्मा भट्टराइ बताउँछिन । च्याउ खेतीबाट भएको आम्दानी आफ्नै पढाईमा खर्च गर्ने बताउँछन अर्का छात्र सञ्जोग महत । उनका अनुसार करीब च्याउ विक्रीबाट १ लाख बचत हुनेछ । सो रकम उनीहरुले आफ्नो कक्षामा अध्ययनरत साथीहरुको बीचमा बाँडेर पढाइमा खर्च गर्ने योजना रहेको बताए ।
एग्रीकल्चर विषय लिएर पढेपछि व्यवसायिक बन्न र आगामी दिनमा आत्म निर्भर बन्न च्याउ खेतीले महत्वपूर्ण हुने विद्यार्थीहरु बताउँछन् । यसरी नै पठन पाठनको विषयवस्तुमा भन्दा पनि विद्यार्थीहरुलाई व्यवसायमुखी बनाउने किसिमले सवै शैक्षिक संस्थाहरुले योजना बनाई अघि बढेमा पक्कै पनि बेरोजगार समस्या हल हुनुका साथै विदेश जाने परम्परा पनि रोकिन्थ्यो कि ?