गाेरखा- स्थानिय युवाहरूकाे पहलमा जिल्लाकाे सिरानचाेक गाउपालिका-७, श्रीनाथकाेटकाे अारूबाेटमा सुविधा सम्पन्न सामुदायिक भवन निर्माण भएकाे छ । बैदेशिक राेजगारीकाे शिलशिलामा देश तथा बिदेशमा रहेका युवाहरूकाे सहयाेगमा अारूबाेटमा सामुदायिक भवन निर्माण भएकाे हाे ।
स्थानिय युवाहरूले ‘अाफ्नाे गाउ अाफै बनाउ’ भन्ने मुल मन्त्रका साथ याे अभियान सञ्चालन गरेकाे स्थानिय ज्ञानराज गुरूङले बताए । उनका अनुसार ५० लाख लागतमा निर्माण भएकाे याे भवनमा करिव ४ सय जना अटाउन सक्ने स्टेज सहित भवन निर्माण भएकाे हाे ।
त्ससका साथै भवन भित्र बाल क्लब र समुदायको छुट्टै अफिस कोठा, किचन रुम, राइस मिल, स्टोर रुम रहेकाे छ । चन्दा काठमाडाैं, पोखरा, चितवन र गोरखामा रहेका अारूबाेट बासी र स्थानिय स्तरमा रहेका प्रत्येक घरबाट चन्दा संकलन गरिएकाे थियाे ।
चन्दा संकलन पश्चात स्थानियहरूकाे १५ दिन श्रमदानबाट क्होला अारुबोट सामुदायिक भवन निर्माण भएकाे गुरूङले बताए । स्थानियबाट करिव ५० लाख चन्दा संकलन भएकाे थियाे ।