‘भाषा,धर्म,कला,सांस्कृति र भेषभुषा हरेक जातजातीको पहिचान हो, आफ्नो पहिचानको संरक्षण तथा सम्बर्द्धन गरौ’ भन्ने मुल नारा सहित इराक कुर्दिस्तान सुलेमानिको सर्चिनार स्थित नोबेल हलमा ८ मार्च २०१९ का दिन ग्याल्पो ल्होसार बिशेष कार्यक्रम गरिने भएको छ।
हिमालयन शेर्पा युनिक ग्रुप इराकले १ फेब्रुअरी २०१९ मा सुलेमानिको ल्होसार कार्यक्रम सकिए पस्चात इराकमा शेर्पा जातिको बाहुल्यता भएको हुनाले ग्याल्पो ल्होछारलाई पनि बिशेषतामा राख्दै सुलेमानिमा रहेका संघ संस्थाहरूबाट राय सल्लाह लिइ इराक कुर्दिस्तानमा रहेकाहरूलार्इ एकता गर्नका लागि साे कार्यक्रम गर्न लागिएकाे हाे ।
सम्पुर्ण नेपालीलाई एकजुट बनाउने र धर्म संस्कृतिको जगेर्ना गर्दै अहिले सम्मकै कार्यक्रम भन्दा भिन्न परिवेशमा रहेर दर्शकलाई मनोरञ्जन दिने जानकारी गराएको छ। नेपाली भेट्घाट पार्क देखि कार्यक्रम स्थल सम्म जानको निम्ति निसुल्क बसको ब्यबस्था गरिएको कार्यक्रम संयोजक नोर्शाङ शेर्पाले बताए ।
ग्रुपले यस अघिका कुर्दिस्तानमा भएका कार्यक्रममा बिशेष सहयोगि भएर सहयोग गर्दै आएकोले कुर्दिस्तान भर रहेको संघ संस्थाले पनि यस कार्यक्रमलाई पुर्ण रुपमा सहयोग गर्ने जानकारी ग्रुपका अध्यक्ष ठिलेन शेर्पाले बिश्वास गरेका छन् । कार्यक्रमको प्रायोजकको रुपमा सिटि एक्सप्रेस मनि ट्रान्सफर र मिडिया पार्ट्नर का रुपमा गाेरखा सन्देश लगायतका मिडिया रहेकाे छ ।