गाेरखा- गोरखा सेवा समाज कतारको दशौ साधारण सभा शुक्रबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । सो भेलाले सस्थाका उपाध्यक्ष राजेश्वर ढकाललाइ सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो ।
उक्त भेलाले ढकालको नेतृत्वमा २७ जनाको टिम छनौट भएको छ । वरिष्ठ उपाध्यक्षमा रामजी खत्री, उपाध्यक्षद्वयमा ओमराज गुरूडं, ज्ञानेन्द्र न्यौपाने, महासचिवमा पुरूषोत्तम लामिछाने, सचिवमा विकाश श्रेष्ठ, सहसचिवमा गोकर्ण भट्टराई, कोषाध्यक्षमा हिक्मतदिन मियाँ, सहकोषाध्यक्षमा रन वहादुर गुरूडं र सहकोषाध्यक्षमा जानु थापा मगर चयन गरिएकाे हाे ।
समाजका अध्यक्ष राकेश श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको भेलामा प्रमुख अतिथि एनआरएनए आईसिसि मानार्थ परिषद सदस्य टि.बी कार्की, विशेष अतिथि समाजका संरक्षक बुधवल गुरुङ, समाजका प्रमुख सल्लाहकार सुर्दशन भट्ट, समाजका पूर्व अध्यक्ष श्रीकृष्ण भट्टराई ,एनआरएनए आईसिसि मानर्थ परिर्षद सदस्य बिलबहादुर गुरुङ , एनआरएनए आईसिसि सदस्य विमल सुवेदी , एनआरएनए आईसिसि सदस्य कुमार कार्की, एनआरएनए आईसिसि सदस्य बिनोद भट्टराई, एनआरएनए एनसिसि कतारका कार्यवहाक अध्यक्ष तेज कटुवालकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा बोल्ने प्राय सबै बक्ताहरुले गोरखा सेवा समाज कतारले स्थापना गरेको अक्षय कोषको खुलेर प्रसंशा गरेका थिए । उनीहरुले समाजले गरेको गतिविधिहरुको मुक्तकण्ठले प्रसंसा गर्दै निर्वतमान कार्यसमिति र बर्तमान कार्य समितिलाई शुभकामना दिएका थिए ।
प्रमुख अतिथि कार्कीले समाजले गरेको कार्यको प्रसंसा गर्दै अब आउने नेतृत्वलाई अवसर र चुनौति दुवै रहेको जीकिर गरे । उनले कतारमा रहेका राजनीतिक, समाजिक संघसंस्था र ब्यवसायीहरुले अब नेपालमा कुनै ठुलो लगानी गर्नुपर्ने बताए ।
उनले अब बन्ने नेतृत्व र कतारमा रहेका संघसंस्थाहरुले लगानिमा जोडदिन आग्रह गर्दै, सहकार्य र सहयोगको लागि आफु सदैव तयार रहेको बताए । कार्यक्रमका सभापति राकेश श्रेष्ठले आफ्नो कार्यकालमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिदै अव आउने कार्यसमितिहरुलाई साथ र सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा समाजको विभिन्न गतिविधिहरुमा सहयोग गर्ने सबैलाई सम्मान तथा प्रसंसा प्रदान गरिएको थियो । कार्यक्रमको संचालन महासचवि ओमराज गुरुङ ,स्वागत मन्तब्य राम्जी खत्रीले राखेका थिए भने, लोकदोहोरी गायक रंजित परियारले सांगितिक प्रस्तुती प्रस्केर सबैलाई नचाएका थिए ।
स्मरण रहोस गोरखा सेवा समाज कतारले आफ्नो जिल्लामा २५ लाखको अक्षयकोष स्थापना , साउदीको जेलमा कुमार राना बचाउ अभियान सञ्चालन गरेको छ । साउदीमा कार्यरत कुमार रानालाई कुमार राना बचाउ अभियानलाई अगाडी बढाउदै १लाख ९० हजार सहयाेग समेत समजाले गरेकाे थियाे ।
गोखास्थीत मानव सेवा आमश्रको बालबालिकाहरुको सहयोगार्थ २ लाख सहयोग गर्नुको साथै कतारमा रहेका समाजिकसंघ संस्थाहरु संग सहयर्का गर्दै कतारमा समस्या परेका नेपालीहरुको सहयोगको लागि भूमीका निभाउदै आएको छ।
त्यसको अलवा नेपाली दुतावास र एनआरएनए एनसिसिसंग समन्वय गर्दै ब्लड डोनेसन, टार्फिक अर्वारनेश, फ्रेण्ड्ली परेड कार्यक्रहरुमा सहभागि जनाउदै आएको थियो ।अध्यक्ष ढकाल गोरखा सेवा समाज नेपालका सस्थापक सह-सचिव पनि हुन् ।