गोरखा– गोरखा नगरपालिका भित्र रहेका मावि स्तरीय खुल्ला हस्तलिखित कार्यक्रमको फाइनल आज आयोजक क्लब लियो क्लबको सभाहलमा एक कार्यक्रमका बीच सम्पन्न गरिएको छ । यस अघि क्लबले नगरभित्रका प्रत्येक स्कुल पुगेर हस्तलिखित कार्यक्रमको छनौट गरेको थियो । सोहि कार्यक्रम बाट प्रथम हुने एक प्रतियोगिलाई आजको फाइनल प्रतिस्पर्धामा सहभागी गराएको हो ।
सामाजिक कार्यमा बिशेष त शिक्षाको क्षेत्रमा सक्रियताका साथ कार्य गर्दै आएको क्लबले आफ्नो बार्षिक कार्ययोजना भित्र परेको र आज प्रजातन्त्र दिवसको पनि सु अवसर मिलेको हुनाले सोहि कार्यक्रम आज राखिएको क्लबका अध्यक्ष यम बहादुर बसेलले जानाकारी गराए ।
गोरखा नगरपालिकाका नगर प्रमुख राजन राज पन्तको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त कार्यक्रममा अतिथि एव निर्णायक मण्डलको प्रमुखमा प्राध्यापक एव मानवाधिकारकर्मी यदु प्रसाद अधिकारि, निर्णायक शिक्षक कमल थापा र शिक्षिका लक्ष्मी श्रेष्ठले निर्बाहा गर्नु भएको थियो ।
सहभागी प्रत्येक प्रतियोगितालाई २५ मिनेटको समयमा नेपालि र अंग्रेजी भाषा लेखी सक्नु पर्ने थियो आयोजक सस्थाले उपलब्ध गराएको प्रश्नपत्र कपि र कलमको प्रयोगले तोकिएको समय अबधिमा भएको दुवै भाषाको लेखन लाइ मुल्यांकन गरि सोहि नतिजा बाट प्राप्त गरेको अंकको आधारमा प्रथम दिर्तीय तृतीय र सान्तवना गरि नतिजा छुट्याइएको निर्णायक अधिकारीले जानाकारी गराए ।
उक्त फाइनल प्रतियोगिताबाट सबै प्रतिस्पर्धीलाई पछि पार्दै गोनापा ९ महालक्ष्मी मावि लक्ष्मीबजारमा कक्षा १० मा अध्यनरत छात्रा अस्मिता राना मगर प्रथम बन्न सफल भइन भने सरस्वती मावि ८ आहालेकि कक्षा १० मा अद्यानारत छात्रा सुभेच्छा बस्नेत दिर्तीय, रत्न राज्य मावि ८ कि कक्षा १० मा अध्यनरत छात्रा रोशनी परिवारले प्राप्त गरिन भने शक्ति मावि पाटेचौर ६ मा अध्यनरत कक्षा ९ कि छात्रा अस्मिता गुरुङले सान्तवना हुन पुगिन । यस संगै प्रथम हुने अस्मिता लाइ नगद रु. ५ हजार सहित प्रमाण पत्र र मेडल पुरस्कार प्रदान गरियोको थियो, दिर्तिया हुने शुभेच्छा लाई नगद रु तिन हजार नगद सहिद प्रमाण पत्र र मेडल तेश्रो हुन् सफल रोशनी लाइ रु दुइ हजार नगर सहित प्रमाण पत्र र मेडल, सान्तवना हुने अस्मितालाई नगर रु एक हजार सहित प्रमाण पत्र प्रदान गरियको थियो भने बाकि सबै प्रतियोगी र प्रत्येक बिधायालय लाई प्रमाण पत्र उपलब्ध गराइएको क्लबका उपाध्क्ष्य एव कार्यक्रम संयोजक बिदुर बल्लभ भट्टराइले जानाकारी गराउनु भयो ।

अझै रोचक कुरा त् के छ भने सबै प्रतियोगी छात्रामात्र उपस्थित छन् नि कतै छात्राहरुलाई मात्र गराएको हैन यो प्रतियोगिता भन्ने प्रश्नमा ” यो संयोग मिल्न गयो सायद पहिलो पटक नै हुन पर्छ यस्तो संयोग जहा महिला उर्फ छात्राको मात्र १००% विजय भएर यसरि कार्यक्रममा आज प्रतिस्पर्धा गर्न आउदै हुनुहुन्छ” भन्छन क्लबका सचिव बालकृष्ण परियार ।
कार्यक्रममा लियो सदस्य सम्बन्धित बिदयालयका शिक्षक शिक्षिका र बिद्यार्थीहरुको बाक्लो उपस्थितति थियो । आयोजक क्लबले बचेको बाकि समयलाई सदुपयोग गरि प्रत्येक प्रतियोगिलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिएको थियो जहा कसैले कथा गित कविता त प्रश्नको उत्तर दिने जस्ता कार्यक्रम गरि सोहि कार्यक्रमबाट पनि बिजयी हुने ३ जना प्रतियोगिलाई मायाको चिनो स्वरूप् पुरस्कार बितरण गराएको थियो ।
स्मरण रहोस लियो क्लब अफ गोरखाले स्थापनाको ३०औ बर्षको अवसरमा यहि ९ गते साझा बिबिध कार्यक्रम गरि स्थापना दिवस मनाउने तयारि गर्दै छ ।