साैरपानी-बारपाक सुलिकाेट गाउँपालिका-४, साैरपानीमा ६९अाैँ प्रजातन्त्र दिवसकाे अवसरमा हिमालय माध्यमिक बिद्यालयलार्इ सहयाेग गर्ने दाताहरूलार्इ एक कार्यक्रमका विच सम्मान गरिएकाे छ । बुधबार एक कार्यक्रमकाविच बिद्यालयलार्इ चन्दा, जग्दा दान गर्ने विभिन्न ब्यत्तिलार्इ सम्मान गरीएकाे हाे ।
अभिभाबक भेला, आर्थिक सयोग दातालाई सम्मान तथा छात्रवृत्ति कार्यक्रम सम्पन्न भएकाे हाे । बिद्यालय ब्याबस्थापन समितिका अध्यक्ष सुजन गुरुङको अध्यक्षतामा भएको कार्यक्रमा गाउपालिका अध्यक्ष बिष्णु भट्टको प्रमुख आथीत्यता रहेको थियो ।
नागरिक छात्रबृदि कार्यक्रम अर्न्तगत सिद्धाथ माध्यमिक बिद्यालयका १० जना र हिमालय माध्यमिक बिद्यालयका १० जनालाई प्रती बिधाथी १४ हजार ५०० का दरले बितरण गरिएको छ ।
उक्त छात्रवृत्ति १२ कक्षा सम्म दिइने कान्तिपु सिटि कलेजकाका प्रशासकिय प्रमुख राजिब तिमल्सिनाले जानकारी दिए । बिद्यालयको भबन निर्माणको लागि जग्गा खरिद गर्नको लागि आर्थिक सयोग गर्न सयोगी दाताहरुलाई समेत साेहि कार्यक्रममा सम्मान गरिएको छ ।
५ रोपनि जग्गा खरिदका लागि कुल १७ लाख सयोग रकम आएको थियो ।