सुलिकोट- पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) फाल्गुण १४ गते जिल्लाको बारपाक-सुलिकोट गाउपालिका-८, जराङ आउने भएका छन् ।
जनयुद्वका प्रथम सहिद दिल बहादुर रम्तेलको स्मृति दिवसको अवसरमा प्रचण्डसहितका नेता जराङ आउने भएका हुन् ।
उनले सो अवसरमा गाउॅपालिकाको केन्द्र ताकुकोटमा निर्माण हुन लागेको कार्यलय भवन, वडा नं ८ जराङ्मा निर्माण हुन लागेको शहिद स्मृति पार्कको शिलन्यास समेत गर्ने कार्यक्रम रहेको पार्टिले जनाएको छ ।
कार्यक्रममा नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठ, संघिय सांसदहरु हरि अधिकारी कुमार, चूडामणि खड्का, प्रदेश सांसद प्रकाश चन्द्र दवाडी, पुर्व निर्बाचन आयुक्त दोलख बहादुर गुरुङ, पुर्व सिंविधानसभा सदस्य तथा नेकपाको नेता कृष्ण धिताल, नेपाली कांग्रेस जिल्ला सभापती हरि घले, बिभिन्न राजनैतिक दलका नेताहरु, सामाजिक संघसंस्थाको प्रतिनिधीहरुको बिशेस आतिथ्यतामा हुनेछ।
कार्यक्रममा चर्चित राष्ट्रिय लोक गायक बिष्णु खत्री, सागर गुरुङ, संजय गुरङको प्रस्तुतीहरु समेत रहने आयोजकले जनाएको छ।
बारपाक सुलिकोट गाउॅपालिकाको बिभिन्न वडाहरुको आफ्नो मौलिक कला संस्कृतीलाई झॉकीको रुप प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
तत्कालीन माओवादीले सुरु गरेको जनयुद्धको क्रममा पहिलो शाहदत भएका शहिद दिल बहादुर रम्तेलकोको भुमीमा जनयुद्धको कमान्डर समेत रहेको प्रचण्ड पहिलो पल्ट बारपाक सुलिकोट जान लागेका हुन् ।
दिलबहादुर रम्तेलको घर भएको स्थानमा शहिदहरुको स्मृतीमा सभाहल सहितको पार्क बन्न लागेको छ। गाउॅपालिका तथा अन्य सरकारि निकायको बजेटमा बन्न लागेको पार्कको डिजाई ईस्टिमेट समेत तयार भएको गाउॅपालिका अध्यक्ष बिष्णु भट्टले जानकारि दिए ।
आफ्नो भूगोलको बिकासमा राष्ट्रको ध्यान केन्द्रित हुनेमा बिशस्त स्थानियहरुले प्रचण्डलाई यस गाउापालिका भित्रका विभिन्न सडक पिच गर्न आवश्यक बजेटको लागि पहल गर्ने उनीहरू बताउछन् ।