हो म त्यहि ब्यक्ति हुँ, जुन बुढिगण्डकीको किनारमा जन्मिए, हुर्कीए। बुढीगण्डकीको चिसो त्यो सुन्दर निलो पानीसंग मेरो सम्बन्ध घनिष्ठ नै छ। म ब्याख्या गर्ने सक्दिन ! म अनि त्यो चिसो सुन्दर निलो पानी को सम्बन्ध लाई।
कुरा सिधा नै गर्ने चाहान्छु। सबैलाई थाहा भएकै कुरा हो । अहिले अहि सुन्दर बुढिगण्डकीबाट देश लाई उज्यालो तर्फ अगाडि बढाउन लागिदै छ। देशबासी प्राय सबैको अनुहार यो समाचारले उज्यालो नै भएको छ।
तर, केहीले भने आफ्नो अनुहार बाहिर उज्यालो नै पार्दीए नि भित्री मन भने अन्धकार नै भइरहेको छ। हो, त्यो मध्य म पनि अन्धकारमा रुमालिएको एक पात्र हुँ। यसो भनिरहदा मलाई बिकास बिरोधि हो भनेर बिकास बिरोधिको ट्यग नभिराइदिनु होला।
मैले आफ्नो मनको कुरा नितान्त पिडा बोलिरहेको हुँ। यो कसैबाट उपज होइन मेरै मगज हो। आफ्नो जन्मभूमि प्रतीको प्रेम भाब कस्लाइ नै हुदैन र? अभागी रहेछु भन्नू वा भाग्यमानी मैले आफ्नो जन्मभुमि देश उज्यालो बनाउनका निम्ति छाडन बाध्य भए।
जन्मभूमि त्यागको नमिठाे धुन बोकेर देश बिकास को लागि सहमति भएको छु। म आफू रोहेर देश हसाउन चाहान्छु। देशमा परिवर्तन,बिकास र समृद्धि चाहान्छु। तर आयोजना को कार्य देख्दा नतमस्तक छु।
मेरो जन्मभूमि त्यागको पिडालाइ स्वाद मान्दै अरबौको भ्रष्टाचार भएको सुन्दा रिसले जाजुल्ले छु।जाजुल्ले भएर नै के गरुउ र नियन्त्रण गर्ने सम्बन्धित निकाय भ्रष्टाचार सितै मिलनसार भइदिए पछि? म त्यही बिकट ठाउँमा जन्मिएको एक पात्र बुज्दिन यो देश को राजनीति, जान्दिन यो देश को राजनीति परिवर्तन।
मैले जानेको छु त आफ्नो जन्मभुमि प्रतीको प्रेम अनि घोकाइएको छ र त देश उज्यालोको सुन्दर नारा। मैले आफ्नो जन्मभुमि कसरी छाड्डै छु त्यो पिडा सुनाउन चाहादिन। जे पाएको छु त्यो नै हात थापेको छु प्रस्न गरेको छैन तेति मै आफ्नो ओठमा मुस्कान का साथ अझ परि आए दिल खोलेर सहयोग गर्ने कसम खायोको छु।
गर्ने पनि छु। बिस्तारै बिर्सन थालेको छु । बाल्यकालमा खेलेको त्यो गल्ली, पाटी, पौवा, चोउर, बगेचा, अनि (क) सिकेको बिधालय त्यो मन्दिर। भुल्न थालेको छु गर्मी ले बस्न नसक्दा बुढीगण्डकी को त्यो चिसो पानीमा डुबुल्की मारेर आनन्द लिगेको त्यो स्वाद।
यस्ता बिस्तारै बिर्सन थालेका स्वाद हरु कयौं छन्। सबैलाई समेटेर म यो लेख लाई लामाे बनाउन चाहादिन।
जय जन्मभुमि।्र
लेखक अमिर बाबु खनाल बुढिगण्डकी जलाशययुक्त अायाेजनाका कारण बिस्थािपत भएका एक युवा हुन् । याे उनकाे निजि बिचार हाे ।