सुलेमानी (इराक) – बैदेशिक राेजगारीकाे शिलशिलामा गैरकानुनी बाेटाे हुदै ३ बर्ष अघि इराककाे बग्दाद पुगेकी एक महिलाकाे मुत्यु भएकाे छ । सिन्धुपाल्चाेकी टासी डाेल्मा शेर्पाकाे बग्दादमा मुटुमा समस्या भएपछि मुत्यु भएकाे हाे ।
मुत्यु भएकाेपछि रेस्क्यू नेपाल र प्रवासी नेपाल, कुर्तिस्तानकाे बिशेष सहयाेगमा लास नेपाल पठाउन सफल भएकाे समाजका सचिव विनाेद श्रेष्ठ जानकारी दिए ।
राेजगारीका लागी हाल इराकमा ५० हजार भन्दा नेपाली भएतापनि नेपाल सरकारले श्रम खुलाएकाे छैन् । बिस २००४ मा सुन्नि अन्ना समुहले १२ जना नेपाली हत्या गरेपछि नेपालीहरूका लागि यहाँ प्रतिबन्ध गरकाे छ ।
दलालकाे फन्दामा परि राम्राे तलव पाउने अाशामा इराकका विभिन्न क्षेत्रमा राेजगार गरिरहेका नेपालीहरूका लागि कुटनिति नियाेगमा सम्पर्क गर्नुपरेमा कुबेतमा सम्पर्क गर्नुपर्छ ।
कुवेत दुतावासकाे सहयाेगमा राेजगार मालिकले लासलार्इ नेपाल पठाउन सहयाेग गरेका थिए । नेपाल दुतावास, कुवेतले बग्दाद दुतावास (इराक) लार्इ पत्र पठाएपछि लास नेपाल लैजान दिएकाे हाे ।
लासलार्इ शेर्पाकाे परिवारलार्इ हस्तान्तरण गरिएकाे रेस्क्यू नेपालका इराक प्रतिनिधि देकि तामाङले जानकारी दिर्इन् । इराकमा बिशेष गरी महिला धेरै भएकाले नेपाल सरकार र इराक सरकारविच कुटनितिक बार्ता गरी कुटनितिक नियाेग स्थापना गर्न नेपाल सरकारलार्इ अनुराेध गरेकि छिन् ।
‘इराकमा अहिले पुरूष भन्दा पनि महिलाकाे सख्या धेरै छ,’ उनले भनिन् ‘त्यसैले नेपाल सरकार र इराक सरकारविच (जिटुजि) बार्ता भएमा यस्ताे अापत परेकाे समयमा नेपालीहरूले सहयाेग पाउन सक्थे ।’