काठमाडाैं- ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकाेप्टरमा सवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सबैकाे मुत्यु भएकाे छ । फुङलिङ नगरपालिका-१०, काफ्लेपाटीमा भएकाे दुर्घटनास्थलमा ७ जनाकाे शव फेला परेकाे हेली साेसाइटी अफ नेपालकाले पुष्टि गरेकाे छ ।
हेलिकोप्टरमा मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया सवार थिए। उक्त हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।
कलसाइन एएमआई (अल्फा माइक इन्डिया) उक्त हेलिकोप्टर काठमाडौंबाट आज बिहान साढे ८ बजे उडेको थियो। मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो।