गोरखा- गोरखा उद्योग बाणिज्य संघ पालुङटार इकाइको आयोजना भएकाे ‘प्रथम पालुङटार लिगलिग महोत्सव–२०७५’ सम्पन्न भएको छ । फागुन ४ बाट जिल्लाको पालुङटार नगरपालिका वडा न ५ स्थित ठाँटीपोखरीमा संचालन भएकाे महाेत्सब साेमबार सकिएकाे हाे ।
स्थानीय कला र संस्कृतिको संरक्षण सँगै पर्यटन प्रवद्र्धनका लागी महोत्सव अायाेजना गरिएकाे महोत्सवमा ‘पालुङटार सिङगिङ एण्ड डान्सिङ स्टार’, औद्योगिक प्रर्दशनी, हस्तकला प्रदर्शनी, कृषि प्रर्दशनी, खाना महोत्सव, सांस्कृतिक भेषभुषा प्रर्दशनी सँगै विविध हास्यव्यग्य र मनोरन्जनात्मक कार्यक्रम भएकाे थियाे।
महोत्सवमा आय व्याय सार्वजनिक भने गरिएको छैन् । आयोजकका अनुसार महोसत्वबाट बचेको रकम पालुङटार नगर क्षेत्रमा अत्यावश्यक बहुउदेश्यीय सभा हल निर्माणको थालनी गर्ने, सँथै नगर क्षेत्र भित्रका उद्योग व्यापार व्यवसाय प्रवद्र्धनका कार्यक्रम संचालन गर्ने र पर्यटन सम्बन्धि बिभिन्न कार्यक्रम संचालन गरिने आयोजकले जनाएको छ ।
१५० स्टलहरु रहेको महोत्सवको आठौं दिन सबैभन्ला बढी दर्शक तथा अवलोकनकर्ताहरुको भिड लागेको थियो । महोत्सवलाई ५० हजारभन्दा बढी दर्शक तथा अवलोकनकर्ताहरु समावेश रहेका इकाइका अध्यक्ष आशिष देवकोटाले जानकारी दिए ।
महोत्सव अवलोकनको लागी गोरखा, तनहूँ, लमजुङ जिल्लाबाट सहभागिता रहेको थियो । कार्यक्रममा कृषिका सामान, बिद्युतीय सामान, लत्ताकपडा, बिमा कम्पनी, खाजा घर, पिङ, रेल, उँट, घरायसी भाँडाकुँडा लगायतका समानहरुको स्टल राखिएको थियो ।