गोरखा- ‘गोरखाको विकासमा बिशेष महत्व राख्ने योजनाहरुको अवस्था र चुनौती’ बिषय बहस गोरखा हुने भएको छ । नागरिक साझा सवालको आयोजनामा फागुन २५ मा सो बहस हुन लागेको हो ।
आयोजकका अनुसार गोरखा जिल्ला भित्र संचालनमा रहेका विविध विकास आयोजनाहरुको प्रगतीको अवस्था, देखिएका चुनौती र आगामी दिनको कार्यदिशा बारे नागरिक वहसको थालनी भएको छ । यो वहसले जिल्ला भित्रको विकास प्रकृया माथी नागरिक सहभागिता, नागरिक अनुगमन र निगरानी गर्नेछ ।
स्थानीय, प्रदेश र संघिय सरकार मातहतमा संचालन भएका तथा हुने कुनै पनि गतिविधि यो वहसको बिषय बन्न सक्दछ । यो वहस विकास निर्माण तथा नीति निर्माण प्रकृयाको लागि एक सहयोगी र सार्थक भूमिकामा रहेर संचालन गरिनेछ ।
गोरखा जिल्लामा कार्यरत बिभिन्न नागरिक समाज संस्थाहरुको साझा पहलुमा यो अभियान संचालन हुने गर्दछ । यसका कुनै औपचारिक स्वरुप रहने छैन । तर बिषयबस्तु तथा सवाल अनुसार यसमा आवद्ध ब्यक्तिहरु तथा संस्थाहरुले त्यस्तो सवालमा आवस्यक सहजीकरण गर्न सक्दछन् ।
कार्यक्रम आयोजनामा मुख्य समन्वयकारी भुमिका सोच नेपालले गर्ने साथै नागरिक साझा सवाल, नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, मानवअधिकारवादी संघसंस्था, नेपाल बार एशोसियशन लगायत जिल्लामा कार्यरत अन्य सामाजिक संघ संस्थाहरुले कार्यक्रमको संयुक्त रुपमा आयोजना गर्नेछन् ।
वहस –१ कार्यक्रमको थालनी गोरखामा कार्यान्वयन रहेका कम्तिमा १० वटा आयोजनाको वर्तमान अवस्था, सरोकारवालाहरुको बुझाई, चुनौती र आगामी कार्यदिशाको बारे जिल्लाका नागरिक समाजका प्रतिनिधि तथा पत्रकारहरुले गरेको अध्ययनको प्रस्तुती हुनेछ ।
त्यसपछि सम्बन्धित बिषयसवाल उपर आमन्त्रित नागरिक समाजका प्रतिनिधी, संचारकर्मी, मानवअधिकारकर्मी, ब्यवसायी, राजनैतिक पार्टीका प्रतिनिधी एवं जनप्रतिनिधी र आयोजनासंग सम्बन्धित ब्यक्तिहरुले आ–आफ्नो धारणा र प्रतिकृया दिनेछन् ।
गोरखाका विकासमा बिशेष महत्व रहेका १० वटा आयोजनालार्इ मुख्य बिषयमा बहस हुन लागेको कार्यक्रममा रहेका आधिकांश आयोजना निर्माणिन अवस्थामा छ । जिल्लाको मुख्य सडकखण्ड गोरखा–आरुघाट सडक, कुन्दुरटार(पालुंटार सिंचाई आयोजना, गोरखा–भच्चेक सडक, गोरखा–वारपाक सडक, दरौंदी लिफ्टिङ खानेपानी, पालुंटार–दुधपोखरी सडक, बेनिघाट–आरुघाट–लार्केभञ्याङ सडक, मकैसिङ–पृथ्वीराजमार्ग पुल, सोतीखोला ९आरखेत० पुल, गोरखा जिल्लाभित्र रहेका तुइनको अवस्था लगायतका बिषयमा छलफल हुने छ ।
जिल्लाका जनप्रतिनिधिहरू प्रमुख वत्ताका रूपमा रहेको कार्यक्रममा प्रतिनिधि सभा क्षेत्र न १ का सांसद हरिराज अधिकारी भने वत्ताका रूपमा रहेका छैन् । कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा क्षेत्र न २ का सांसद डा। बाबुराम भट्टराई, राष्ट्रियसभाका प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे, सांसद चुडामणी खड्का, राष्ट्रिय योजना आयोगका पूर्व उपायक्ष डा। स्वर्णिम वाग्ले वत्ताका रूपमा रहेका छन् ।
त्यस्तै, गण्डकी प्रदेशका कृषि सहकारी तथा भुमिब्यवस्थामन्त्री लेखबहादुर थापा, अन्नपूर्णपोष्ट दैनिक प्रधान सम्पादक हरिबहादुर थापा, गण्डकी प्रदेशका सांसदहरू हरिशरण आचार्य, प्रकाशचन्द्र दवाडी, मनकुमारी गुरूङ र धनमाया लामाका साथमा जिल्लाका ११ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको सहभागी हुने आयोजकले जनाएको छ ।