गाेरखा- अजिकाेट गाउँपालिकाले गाउँपालिकाकाे केन्दमुकाम नम्किमा सार्न लागेकाे स्वीकार गरेकाे छ । गाउँपालिका अध्यक्ष फणिन्द्र धितालद्वारा हस्ताक्षर गरिएकाे प्रेस नाेटमा भच्चेक बजारमा जग्गा नपाएपछि नम्किमा सार्न लागिएकाे स्वीकार गरेका हुन।
गाेरखा सन्देशले अजिरकाेट गाउपालिकाकाे केन्द्र सार्न ‘चलखेल’ शिर्षकमा समाचार लेखेपछि गाउँपालिकाले यस्ताे बताएकाे हाे । गाउँपालिकाले जारी गरेकाे प्रेस नाेटमा गाेरखा सन्देशमा प्रकाशित समाचारलार्इ ‘तथ्यहिन र भ्रम फैलाउन खाेजिएकाे भन्दै’ अाराेप लगाएकाे छ ।
मंंसिर ९ गते बसेकाे गाउँकार्यपालिकाकाे ३१अाैँ बैठकले भच्चेक बजारमा रहेकाे नेपाली सेनाकाे स्वामित्वकाे कित्ता नं. ९१५ काे ५२ राेपनी क्षेत्रफलमा फैलिएकाे जग्दा प्राप्तिका लागी रणसिंह दल गाेरखा मार्फत नेपाली सेना र रक्षामन्त्रालयलार्इ अनुराेध पत्र पठायाे ।
तर, नेपाली सेनाले लिखित नभर्इ माैखिक रूपमा जग्गा उपलव्ध गराउन नसक्ने भन्दै फन्छिएपछि गाउँपालिकालार्इ नम्कीमा भवन बनाउनका लागी अाबश्यक पर्ने जग्गा दान दिन इच्छुकलार्इ १५ दिने सुचना माघ ११ गते बसेकाे ३३अाैँ गाउँपालिकाकाे बैठकले अाबह्वान गर्याे ।
साे समितिमा वडा न १ का वडाअध्यक्ष र वडा न ५ का वडाअध्यक्षले विराेध जनाउदै बिहिबार गाउँपालिका अध्यक्षलार्इ ज्ञापन पत्र बुझायाे । वडा अध्यक्ष र जनप्रतिनिधि सहितकाे टाेलीले बुझाएकाे ज्ञापन पत्रमा ‘आफुहरु जननिर्वाचित प्रतिनिधि भएको र जनहित र कानुन विपरीत कुनै पनि काम गर्न नसक्ने तथा बन्द कोठाभित्र गरिने कुनै पनि निर्णयमा असहमति रहेको’ जनाइएको छ ।
जनप्रतिनिधि सहित नेकपा अजिरकोटकाे नेतृत्वमा डेलिकेन, सिडिओ समक्ष बुझायो ज्ञापन पत्र
शुक्रबार नेकपा अजिरकाेटकाे नतृत्वमा जिल्ला प्रशासन कार्यालय गाेरखामा डेलिकेशन पुगेकाे छ । गाउँपालिका अध्यक्षले जारी गरेकाे प्रेस नाेटमा ‘तथ्यहिन र भ्रम फैलाएकाे भन्दै’ अाराेप लगाएकाे भएपनि नेकपाबाट निर्वाचित जनप्रतिनिधि सहितकाे टाेली गाेरखाका प्रमुख जिल्ला अधिकारीलार्इ ज्ञापन पत्र बुझाएका छन् ।
‘विगत २५ महिना पहिले नेपाल सरकारद्वारा राजपत्रमा प्रकाशित गरि केन्द्र तोकिसकेको र निर्विकल्प केन्द्रको रूपमा भच्चेक बजार रहदै आएको तथा स्थानीय निर्वाचन भएको पनि २३ महिना भइसकेको अवस्थामा हाल आएर गाउँ कार्यपालिकाको बहुमतको दम्भको आड्मा जग्गा विवाद भन्दै पालिका केन्द्र स्थानीय सरकार सन्चालन ऐन २०७४ को कानुनी बाटो बिपरित गइ भुमाफियाहरुको मिलेमतोमा सोही गाउँपालिकाको नम्किमा सार्न खोजिएको’ नेकपा अजिरकाेटमा अध्यक्ष दिपक देवकाेटाले अाराेप लगाए ।
सम्बन्धित समाचार
अजिरकोट गाउपालिका केन्द्र विवाद : जनप्रतिनिधि सहित नेकपाले बुझायो ज्ञापन पत्र