गाेरखा- एसियाली बिकास बैंक ‘एडिवी’को करीव ६१ करोड रुपैया सहयोगमा भूकम्प सहायता आयोजना अन्र्तगत निर्माण भईरहेकाे लुइँटेल भञ्याङ–आँपपिपल–हर्मी–थालाजुङ हुँदै भच्चेक जाने सडकमा सवारी रोक लगाइएको छ ।
उक्त सडक कालोपत्रेको काम सुरु भएकाले दैनिक विहान १० देखि दिउँसो ४ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको हाे । जिल्लामा यातायात गुरूयाेजनाले पहिलाे प्राथमिकता दिएकाे याे सडक खण्ड असार मसान्तैमा स्तरोन्नति सकिनु पर्ने भएपनि ७५ प्रतिशत मात्र काम सम्पन्न भएकाे छ ।
दुई वर्ष अघि ठेक्का सम्झौता भै स्तरोन्नतीको काम शुरु भएकाे सडक पहिलो खण्डको करीव ७० र दोस्रो खण्डको ७५ प्रतिशत काम सकिएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई गोरखाका प्रमुख रामशरण आर्चायले जानकारी दिए।
‘गाडी चलाउँदा निर्मााधिन सडकको संरचनामा क्षति पुग्ने र काममा अवरोध हुने अबस्था आयो’ उनले भने ‘प्राविधिक र व्यवहारिक दुबै कुरालाई हेरेर उक्त समयमा सवारी नचाउन आग्रह गरिएको हो ।’ बैकल्पिक सडक नभएकाको कारण उक्त समय बाहेक अन्य बेलामा भने सवारी चलाउन छुट दिइएको उनले बताए ।
३० किलोमिटर मध्येकाे सडकखण्ड पहिलो १७ किलोमिटर कामको ठेक्का लामा अमर जेभी र दोस्रो खण्डको १३ किलोमिटरको ठेक्का लामा कन्टूक्सनलाई दिइएको छ ।
याे सडक क्षेत्र न २ काे पालुङटारदेखि अजिरकाेट गाउँपालिकाकाे भच्चेक हुदै लम्जुङसम्म रहेकाे छ । तर, नयाँ गाउँबाट भच्चेक हुदै लम्जुङ जाने सडक खण्ड पनि निर्माण कार्य भर्इरहेकाे छ ।