कुशल पाेखरेल
तैरिएका सम्बन्ध माया र प्रेम यी दुई सम्बेगात्मक शब्द हुन । जुन कुराको बहस मस्तिष्कबाट हुन्छ भने अनुभव हृदयबाट गरिन्छ । मानिस यस धर्तिको यौटा सर्वश्रेष्ठ प्राणि हो ।
उसले सहि र गलत छुट्टाउन सक्छ् अनि आफ्नो अनुकुल कार्य गर्दै आफ्नो जीवन सहज बनाउन सक्छ तर यो सन्सारमा रहेका भुसुना देखि स्थलचरको सबै भन्दा ठुलो जीव सम्मका सबैले सहि र गलत छुट्याउन नसक्लान तर प्रेम र माया भन्ने कुरा सहजै अनुभव गरेको कुरा हामी सहजै पत्ता पाउछौ ।
यिनिहरुले नि माया गर्छन प्रेम गर्छन आफ्ना सन्ततिलाइ, तर कुनै स्वार्थको कुनै गुन्जायस अनुभुती गर्न सकिँदैन । यिनिहरुको मायामा यिनिहरु जहाँ जसलाइ दुखमा देख्यो सहयोग गर्न लागी परिहाल्छन । तर, यो प्रेम र माया नाम गरेका दुई शब्द चाहिँ मानवमा भने त्यस्तो निस्वार्थ कदापी भेट्न् सकिदैन त्यो कुरा को सत्यता बुझ्न तपाईं हरेक सम्बन्धको सतह देखि गहिराइ सम्म अनि सुरु देखि अन्त्य सम्म भिज्नु पर्छ ।
निस्वार्थ भनेको त फलको आसा नगरी गरिने सेवा हुन तर तपाईं जसलाइ वा जुन सम्बधलाई निस्वार्थ भनिरहनु भएको छ प्रेमी प्रेमिका श्रीमान श्रीमती बाबू आमा छोरा दाजु भाइ दिदी बहिनी हरेक सम्बन्धमा स्वार्थका जालोहरु दृश्य वा अदृश्य रुपमा जोडिएका छन ।
अनिच्छित रुपमा जन्मिका सन्तान जन्मिए पछि उबाट गरिएको फलको आसा, बुढेस्कालमा उक्त्त सन्तानबाट गरिएको सहाराको आशा, दिदी बहिनी, दाजु, भाइ मा एक अर्काको अस्तित्वको महत्व राख्नु यी सबै एक अर्काको लागि स्वार्थ हुन । तपाईं भन्नु होला जन्म दिने माता पिता कसरी स्वार्थि बन्न पुगे त ?
तर, तपाईं तपाइका हरेक समयको अादी देखि उतरार्धा सम्मका संघष अनि घटनालाई सम्झनुहोस । अनि त्यसको जवाफ तपाईं आफै भेट्नु हुन्छ । मानिस संघष गर्दै जन्मन्छ अनि त्यसै गरि मर्दछ । अनि तपाइले आफ्नो लागि समय कहिले पाउनु भयो त ? मानिसले मात्रै नभएर हरेक जिवले जिउनको लागि संघष गर्छ ।
प्रेम गर्छ माया गर्छ एक अर्काको अस्तित्व स्विकार गर्छ तर हरेक सम्बन्धको जालोमा साचो माया रुपि स्वार्थको घेरा फैलिएकै हुन्छ जुन कुरालाइ हामी कुनै मापनिय औजारको माध्यमले मापन गर्न आजको युग सम्म आइपुग्दा पनि असमर्थनै छौ । जुन कुरालाइ बिज्ञानले पनि स्वीकार गरेको छ ।
तर जब समाजबाट समाजले भन्ने गरेको साचो माया चोखो प्रेममा जब विकृतिहरु मौलाउदै जान्छन तब विस्वास र सत्यका थोरै भागहरु पनि ओझेलमा पर्दछन ।अझै भनौ पुर्विय सभ्यता अगाल्दै आएको हाम्रो जस्तो समाजमा जब विकासको युग संगै पास्चात्य शैलिको प्रभाब व्यापक रुपमा पर्दै जादा हरेक सम्बन्धहरु हल्का अपारदर्शी तथा अस्थायी बनेका छन भने सम्बन्धमा रहेका सत्यता र विश्वविनियता हराउदै गएका छन ।
जसको सोझो सिकार बनेका छन सम्बन्ध बिस्तार गर्दै गरेका युवा तथा युवती!
खै के हो जिबन तिमि बिना? सोच्थे
केहि गर्न सक्दिन तिमि बिना सोच्थे
तिमि बिनाको एक पल सायद मानब
बिनाको मुटु होला! अनि हाबा बिना को मानब जिवन यस्तै सोच्थे म, प्रेममा मनिस पागल जस्तै हुन्छ भन्ने सुनेको थिए । हो रहेछ । मेरो मन पनि हेरन कोहि तिमिलाइ हेरुन मलाइ मन पर्दैन थियो । कसैले तिमीसंग बोले पनि रिस उठेर आंउथ्याे । तिमी मात्रै मेरि हौ तिम्रो लागि म जहा जे पनि गर्न सक्छु तर तिमिलाई गुमाउन सक्दिन जस्तो लाग्दै थियो । तिम्रो लागि संसारसँग लड्न तयार हुन्छु । म तिमि टाडा जानखोज्दा रुनु तिमी बिना मेरो जिबन अस्तित्व बिहिन हुनु
जन्म दिने आमा बुबा आफ्नो परिबार बाट पाएको माया भन्दा तिम्रो माया माथी राख्नु यो तिमी प्रतिको चोखो प्रेमको उदाहरण होइन र ! म चाहन्थे बर्सौदेखि शुन्य भएकाे यो घर तिम्रो आगमनसङै खुसीको बहार आओस, सुख या दुखबाट झर्ने आशुलाइ सदै एक अर्काको हातले पुछ्न ।
पाइयोस, मायालुको हातबाट पकाइएको पिठो पनि मिठो मानी मानि सङै खान पाइयोस । गरिव छु दिन भरी श्रम गरेर आउदा तिम्रो हातमा अरुले जस्तै हर दिन उपहार दिन नसकुला तर जब म थ्याकेर आउने छु । अनि मिठो मुस्कानको साथमा माया गर्ने छु । जिबनको अन्तिम पल सम्म पनि सुख दुखका साथ दिदैँ तिमिसंग संगै बाचौला मर्नै परेसंगै मरौला भन्ने हाम्रो त्यो बिर्सन नसकिने त्यो समयलाइ सम्झिदै चुहिने घर
को छानोबाट चन्द्रमा हेर्दै तिम्रो तस्बिर याद गर्दै छु आज म । अनि सोच्दै छु माया त गरेको हु तर भावीले भाग्य लेख्न भुलेछ सायद
मेरो भाग्य मा,,,,,,,,,