काठमाडौ- नेपाल देश सानो परिधिभित्र रहे पनि यसका ग्रामीण भेग फराकिलो छ । ग्रामीण भेगबाट काठमाडौ राजधानीमा आएर बस्न पाउनु भनेको ग्रामीण भेगमा बस्ने मानिसलाई त्यो स्वर्गमा गएर बासस्थान गर्नु जस्तै हो ।
नेपालमा अहिले यहि गतिविधिले स्पेश लिगिरहेको छ । गाउँका मानिस आफ्नो सम्पत्ति , खेतीयोग्य जमिन लगायतका सम्पुर्ण कुरा त्यागेर सपनाको सहर काठमाडौ आउन चुस्त देखिन्छ्न ।
अहिलेको सन्दर्भमा ग्रामीण भेगमा गएर अनुगमन गर्ने हो भने प्राय गाउँ रिति सकेका छ्न भने कोहि गाउँ रितिने क्रममा छ्न । सम्पुर्ण मानिस सहरतर्फ आकर्षण हुने राज के हो ? भन्ने प्रश्न अहिलेको जन-मानसमा निस्किएको छ । काठमाडौं सहरमा वर्तमान तथ्यांक नियालेर हेर्ने हो भने काठमाडौमा साढे १ करोड भन्दा बढी मान्छेको बसोबास छ र यहाँको खाली जग्गा जमिन भरिदै छ ।
आफ्नो ग्रामीण भेगको सन्तुलन युक्त हावा, प्रदुषणरहित पानी, वातावरण आदिलाई लत्याएर काठमाडौको दहि जस्तै बाक्लो पानी पिउन बाध्य र विवस छन, जनता!
आखिर, ‘गाउँ रितिनु र सहर भरिनु’ को रहस्य के होला त ? गाउँमा कुनै पनि पेशा नपाउनु, विद्यालयको अभाव, सन्तुलन वातावरणको अभाव भएर ? अरुको लहैलहैमा लागेर, ‘सपनाको सहर, मलाई जान लाग्छ रहर’ जस्ता उखान र अपवाद हरुले गर्दा ग्रामिण भेगमा बस्ने मानिस तछाड मछाड गर्दै सहर तर्फ उकासिन्छ्न ।
जति मानिसको सहरमा ओईरो छ, त्यति नै सहरको वातावरणमा खराबी र असन्तुलनिय पक्ष निर्माण भैरहेको देखिन्छ । एउटा समाज, समुदाय, संघ संगठनहरु रितिएर एक सहरको कुना काप्चामा बसोबास गर्दै छ्न । उचित शिक्षा नपाईनुले पनि ग्रामीण भेगबाट सहरी भेग र सहरी भेगबाट विदेशी भुमिमा आफुले जानेका सीप देखाउन लम्किन्छ्न ।
यो शिलशिला यसरी नै क्रमान्कं रुपले चल्ने हो भने यो देशलाई चाडै नै ग्रामीण भेगमा उत्पादन हुने हरेक फलफुल देखि तरकारी सम्म केही पनि उपलब्ध हुने छैन । काठमाडौको जल विभागद्दारा यो सुचना निकालिएको छ कि ” काठमाडौमा पानीको अभावले कुनै पनि समयमा जमिन भासिने सम्भावना प्रवल देखिएको छ ।
अमित भट्ट