काठमाडाैं– फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । हरेक वर्षमा यतिकै खुशी र उल्लासका साथ काठमाडौमा होलि मनाउने गरिएको छ ।
केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । प्रहरी प्रशासनले अहिले नयाँ कानुन रचेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ ।
फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन । गत वर्षमा मानिसले अलि सभ्य भएर होलि खेलिएको जनाएको छ ।
विषेश गरी युवतिहरुलाई लोलामा पानी हालेर छ्याप्ने गरिन्थ्यो, भने यश पटक भने त्यस्तो देखिदैन ।
यस पर्वका अवसरमा बुधबार काठमाडाैं वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजा गाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । वसन्तपुर, सोसल ग्राउन्ड लगायतका प्रख्यात ठाउमा पनि होलीको उपल्क्षयमा कन्सर्टहरुको आयोजना गरिएको छ ।
फागु पर्वका उपलक्ष्यमा परम्परादेखि सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व पूर्णिमाको भोलिपल्ट मनाउने गरिन्छ यस वर्ष पनि तराईमा बिहीबार होली मनाइँदै छ ।
मानिसहरु जाड, रक्सी, भाङ्ग, धतुरो खाएर हो-हल्ला गरेर यो होलि पर्वलाई बिगार्दै आएकाले अहिलेको सन्दर्भमा भने यस्तो कृयाकलाप गर्नेलाई सार्वजनिक मुद्दा लगाउने नियम बसालिएको छ । आफ्नो ईच्छाविपरित कसैले लोला हान्ने , रङ्ग छ्याप्ने गरेमा प्रहरिका गैइ रिपोर्ट गर्न गृह मन्त्रालयले आदेश दिएको छ ।
र याे पनि
र,