काठमाडाैं- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सोमबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्ग मर्मत गर्नका लागी साेमबार देखी तीन महिनासम्म एयरपोर्ट दैनिक १० घण्टा बन्द हुने भएको हो ।
अहिले बिहान ६ बजेदेखी राति ३ बजेसम्म सञ्चालन भईरहेको विमानस्थल अबदेखी भने बिहान ८ बजेबाट राति १० बजेसम्म मात्र खुला गरिनेछ । विमानस्थलको तीन किलोमिटर लामो एक मात्र धावनमार्ग बनेदखी मर्मत भएको थिएन ।
सन् १९७५ को दशकमा निर्माण भएको रनवेको पिच पहिलो पटक परिवर्तन हुन लागेको हो। पिच सुधार हुने भएकाले विमानस्थल बन्द गर्दा एयरलाइन्स कम्पनीले पूर्ण रूपमा सहयोग गर्ने भएका छन्।
विमानस्थल कार्यालयले पनि बन्द समयमा हुँदै आएको उडान दिउँसोको समयमा व्यवस्थापन गरेको जनाएको छ। कतिपय एयरलाइन्सले पनि सातामा गर्दै आएको केही उडान संख्या पनि घटाएका छन्।
सम्भव भएसम्म उडान कटौती नै नगरी व्यवस्थापनको तयारी भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए । तर, उडान नै कटौती गर्नुपरेको अवस्थमा भने सातामा र दैनिक रुपमा उडान गर्दै आएका एयरलाइन्स कम्पनीको उडान संख्या र चापलाई हेरेर उडान तालिका तय गरिने क्षेत्रीले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन-वे पिच परिर्वतन (रिह्याबिलिटेसन)को जिम्मा चिनियाँ सरकारी कम्पनी चाइना नेसनल एग्रो ट्रक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले पाइको छ। निर्माण कम्पनीले आवश्यक सामग्री संकलन गरिसकेको छ।