गाेरखा- पालुङटार नगरपालिकाका नगर प्रमुख ई.दिपक बाबू कंडेल आफुले विभिन्न शिर्षकमा प्राप्त गर्ने भ्रमण भत्ता बापतको रकम पालुङटार भित्र रहेका गरिब तथा असहाय बर्गको स्वास्थ्य बिमा गरि उपचारमा खर्चिने भएका छन।
आफू स्थानीय सरकार प्रमुख भएकै बेलामा नगर भित्रका कुनै पनि नागरिकले पैसा अभावले अस्पतालसम्म जान नसकी रोग पालेर बस्नु पर्ने दिनको अन्त्य गर्ने घोषण गरेका मेयर कंडेलले यस्ताे घाेषणा गरेका हुन् ।
स्वास्थ्य बिमामा २५ सयले ५ हजारसम्मको उपचार हुने हुदा आफुले प्राप्त गरेको भ्रमण भत्ताले स्वास्थ्य बिमा गराइदिने र स्वास्थ्य बिमा मार्फत बिरामीको उपचार गर्ने उनको भनाइ रहेकाे छ ।
राज्यले प्राथमिकतामा राखेको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गतको स्वास्थ बिमा कार्यक्रम सुरुमा केही जिल्लामा बिस्तार गरे पनि हालै आगामी आर्थकि बर्षसम्म सबै जिलाका जनतालाई बिमित गराई सक्ने प्रक्रिया अघि सारेको छ ।
स्वास्थ बिमा गर्न नसक्ने जनताको हकमा परिचयपत्र दिएर बिपन्न, गरिव, अति गरिव, असहाय अन्यकाे बिमा राज्य आफैले गर्ने उल्लेख गरिए पनि हाल कार्यन्वयन भै नसकेको अबस्थामा यो नगर प्रमुखको काम एक दमै प्रभावकारी हुनुका साथै पैसा न भएकै कारणबाट स्वास्थ सेवाबाट बिमुख हुनुनपर्ने नगर स्वास्थ शाखाका दिपेन्द्र गिरिले जानकारी दिए ।