गाेरखा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गाेरखाले चैत्र महिना भित्र जिल्लाका स्थानिय तहहरूमा संगठनिक एकता गर्ने तयारी गरेकाे छ । ११ वटा स्थानिय तह रहेकाे गाेरखामा नेकपाले तत्कालीन एमाले र माअाेवादीविच भागवन्डाका अाधारमा एकता गर्ने तयारी गरेकाे हाे ।
जिल्लामा एमालेभन्दा बढि बलियाे रहेकाे माअाेवादीले जिल्लाका सातवटा स्थानिय तह र बाँकी चार स्थानिय तहमा एमालेलार्इ नेतृत्व हुने गरी एकता गर्ने निर्णय भएकाे नेकपाका गण्डकी प्रदेश सदस्य लाेकप्रसाद बञ्जाराले जानकारी दिए ।
‘जिल्लामा उपलब्ध नकेपाका प्रदेश सदस्यहरूकाे अाइतबार भएकाे सयुक्त बैठकले कसरी स्थानिय तहकाे संगठानिक एकता गर्ने भन्ने बिषयमा छलफल भयाे’ बञ्जाराले भने ‘तर अध्यक्ष वा सचिव कसले नेतृत्व गर्ने भन्ने बिषयमा छलफल हुन बाँकी नै छ’ ।
भागवन्डाका आधारमा एकता
एमालेले जिल्लाका ५ स्थानिय तहमा नेतृव दावी गर्दै अाएकाे छ भने माअाेवादीले ८ वटा स्थानिय तहमा नेतृत्व दावी गर्दै अाएकाे छ । तर, माअाेवादीले अध्यक्ष पाएकाे स्थानिय तहमा एमालेले सचिव र एमाले अध्यक्ष पाएकाे स्थानिय तहमा माअाेवादीले सचिव पाउने गरी भागवन्डा गरीरएकाे छ ।
जिल्लाका २ निर्वाचन क्षेत्रमा ९ गाउँपालिका र २ नगरपालिका रहेकाे छ । २ नगरपालिकाका एक/एक वटा पार्टीले नेतृत्व गर्ने, ९ वटा गाउँपालिका मध्ये २ गाउँपालिकामा एमालेले नेतृत्व गर्ने र बाँकी रहेकाे गाउँपालिकामा माअाेवादीले नेतृत्व गर्ने गरी सहमति भएकाे बञ्जाराले बताए । नेकपा एक नेताका अनुसार जिल्ला संयन्त्रले प्रदेश कमिटिमा सुचि पठाउने र प्रदेशले के निर्णय गर्छ, त्सैका अाधारमा स्थानिय तहमा नेतृत्वकाे टुङ्गाे लाग्ने दावी गरे ।
तर, ११ स्थानिय तहमा कुन पार्टीले र कसले नेतृत्व गर्ने भन्ने बिषयमा गहन छलफल अाबश्यक भएकाे बञ्जारा बताउछन् । ‘अहिले नै कुन स्थानिय तहमा कसले र कुन पार्टीले नेतृत्व लिने भन्ने बिषयमा सहमती भएकाे छैन । यस बिषयमा थप गहन छलफल अाबश्यक छ ।’
प्रतिनिध तथा प्रदेश निर्वाचनमा सयुक्त रूपमा निर्वाचनमा हाेमिएकाे तत्कालिन एमाले र माअाेवादी २०७४ असाेमा एकता भएकाे थियाे । जिल्लामा एमालेकाे भन्दा माअाेवादीकाे पार्टीगत संरचना बलियाे भएकाले पनि माअाेवादीले धेरै तहमा नेतृत्व गर्न पाउने अडान राख्दै अाएकाे छ ।
१० वर्षसम्म एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्ने पार्टीहरूले एकताका लागि २०७४ असोज १६ गत्ते एउटा आधारशिला निमार्ण गरेका थिए । दुई पार्टी बीचको एकता बाहिबाट हेर्दा जति सहज छ, भित्र भने अवश्य छैन ।
जिल्ला एकता सुस्तायाे
दुई पार्टी एकता भएको लामो समय भएपनि जिल्लामा भने एकताको प्रक्रिया अझै सुरु भएको छैन । जिल्ला कार्यसमितिको सदस्य पद टुंग्याएको दाबी गरेपछि नाम सार्वजानिक हुन सकेको छैन । पदाधिकारीहरुको चयनका विषयमा भने छलफल नै नभएको नेताहरुको भनाई छ ।
‘पदाधिकारी चयन गर्ने जिम्मा केन्द्रिय कार्यसमितिलाई छ, यसबारेमा यहाँ छलफल हुने कुरा भएन’ नेकपा एक नेताले भने ‘स्थानीय तहको हकमा अधिकाशंमा सर्बसम्मत जस्तै छ । केहीमा मिलाउनु पर्ने छ । ’सिरानचोक, अजिकोट लगायतका स्थानीय तहमा सर्वसम्बत निर्णय हुने भन्दै ति नेताले छिट्टै नेकपाको पार्टी एकताले पूर्णता पाउने दाबी गरेका छन् ।
सम्बन्धित समाचार