गोरखा– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अजिरकाेट गाउँपालिकाको केन्द्र भच्चेक बजारको विकल्प नभएको बताएका छन् ।
नेकपा अजिरकाेटले भच्चेक बजारमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता श्रेष्ठले यस्तो बताएका हुन् ।
अजिरकोट गाउँपालिकाको केन्द्र सार्न चलखेल भईहेकाे बेलामा भच्चेक पुगेका नेता श्रेष्ठले नीति, नियम र कानुन विपरीत कुनै पनि निकायको नाम तथा केन्द्र परिवर्तन गर्न नमिल्ने बताए । ‘केन्द्र सार्नका लागी आम जनभेलाबाट अनुमोदन गर्दै प्रक्रियामा लगेर टुङ्गोमा पुर्याउनु पर्छ’ उनले भने ‘एकल निर्णय कदापि नेकपालाई मान्य हुनेछैन ।’
‘मुलुक र अजिरकोटको समृद्धि र विकासका लागि सबै एकजुट हुनु पर्छ’ उनले भने ‘त्यसको अन्तिम विकल्प नेकपा मात्रै भएकाले अब राजनीतिक सङ्क्रमण कालको अन्त्य भई सकेको र पूरा पार्टी गोलबद्ध भई सकेकोले सरकारले सबै प्रकारका युवाहरूको लागि विशेष कार्यक्रम ल्याउन लागेकोले छ’ ।
अन्य दलमा भ्रममा परेर रहनुले कुनै अर्थ नलाग्ने बताउँदै उनले विभिन्न दल त्याग गरी नेकपा प्रवेश गर्ने करिब १५० जना स्थानीय स्तरमा क्रियाशील नेता तथा कार्यकर्ताहरूलाई टीका र खादा लगाई स्वागत गर्दै पार्टी प्रवेश गराइएको नेपाल अजिरकोटका नेता गणेश देवकोटाले जानकारी दिए ।
कार्यक्रममा दीपक देवकोटा, प्रेम गुरुङ, विवश चिन्तन, जुद्ध विलास भण्डारी, बाबुराम देवकोटा, डा. हरि दवाडी लगायतको उपस्थिति रहेको थियो । गत हप्तामा मात्र मुच्चाेकमा भएको नेपाली कांग्रेसकाे एक कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी प्रवेश गरेका केही युवाहरू समेत आज नेकपामा प्रवेश गरेका छन् ।