गोरखा- जिल्लाका क्रशर भाेली देखि अनिश्चितकालका लागि बन्द हुने भएकाे छ । क्रशरले आवश्यक सामाग्री ठेकेदार कम्पनीबाट नपाएको भन्दै अनिश्चितकालिन कालका लागि बन्द गर्न लागेको हो ।
जिल्लामा हाल सम्म सञ्चालित सिमरन क्रशर, माई मनकामना क्रशर र गोरखकाली क्रशरले नयाँ नदीजन्य सामाग्री नपाएको भन्दै अनिश्चित कालका लागि क्रशर बन्द गर्न लागेको हो । ब्यवसायीहरुको संयुक्त बैठकले चैत्र २४ आईतबारबाट पुर्ण रुपमा उत्पादिन कुनै पनि सामाग्री बिक्री वितरण नगर्ने निर्णय गरेको हो ।
क्रशर सञ्चालक बसन्तकुमार श्रेष्ठ, किरणबावु श्रेष्ठ र सुरेन्द्र कुवरको संयुक्त बैठकले अहिले ढुङ्गा, गिटी र बालुवाको चरम अभाव भएको भन्दै बिक्री वितरणमा पुर्ण रोक लगाएको जनाएका छन् ।
‘हामी शनिबार साँझ सम्म जस जसले जति जति माल उठाउन आउछन उद्योगमा भए जति दिन तयार छौ तर शनिबार बिहानै देखी भने गिटी, बालुवा र ढुङ्गा तथा ढुङ्गाको धुलो नयाँ नदि जन्य पदार्थ नपाउदा सम्म बिक्री गर्दैनौ’ गोरखाकालीका सञ्चालक कुवरले भने ।
व्यवसायीले क्रसर उद्योग बन्द गर्ने निर्णय गरेकै दिन शुक्रबार जिल्ला अनुगमन समितिले ढुंगा, गिटी, बालुवा उत्खननका लागि सहज बाटो खुल्ला गराउने ब्यहोराको पत्र पठाउने तयारी गरेको छ । मेसिनको प्रयोग गरेर नदीजन्य सामग्री उत्खनन गर्न पत्राचार गर्ने तयारी गरिएको अनुगमन समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङले जानकारी दिए ।
‘निर्धारित परिमाणको नदीजन्य सामग्री निर्धारित समयभित्र उत्खनन गरिसक्ने गरी अनुमति दिने निर्णय भएको छ’, उनले भने, ‘अब भोलि शनिबार भयो । माग गर्ने गाउँपालिका, नगरपालिकाहरुलाई अनुमति दिने पत्र आइतबार पठाउँछौं ।’
जिल्लाको धेरै जसो नगरपालिका र गाउँपालिकाले नदिजन्य पदार्थहरु उत्खनन्का लागि ठेक्का लगाइ सकेको छ । तर ठेक्का लगाएको सबै खोला नालाबाट नदी जन्य पदार्थ झिक्नकालागि मेशिन प्रयोग गर्न नपाउने भए पछि ठेक्का लगाउने र ठेकेदार बिच तनाव बढेको छ भने आईईई अनुसार नदी जन्य सामाग्री झिक्न प्रमुख जिल्ला अधिकारीले रोक लगाए पछि ठेक्का लगाउने र प्रमुख जिल्ला अधिकारी बिवाद बढेको छ ।