इराक- नेपाली नयाँ वर्षको अवसरमा इराक (कुर्दिस्तान)को दोहकमा विशेष कार्यक्रम हुने भएको छ । प्रवासी मञ्च दोहकले नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको हो।
आउँदो अप्रिल २६ तारिख शुक्रबारका दिन दोहकस्थित रोटन हलमा आयोजना गरिएको उक्त कार्यक्रममा विशेष अतिथि कलाकारको रुपमा गायक टंक तिमिल्सिना र गायिका रेखा जोशी कुर्दिस्तान आउने भएका छन् । त्यस्तै स्थानीय कलाकार गायिका सोनिया तामाङ र गायक कान्छा लामाको पनि कार्यक्रममा विशेष प्रस्तुती हुने भएको छ ।
बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म चल्ने उक्त नयाँ वर्ष विशेष कार्यक्रममा कुर्दिस्तानमा रहेका सम्पूर्ण नेपालीहरूलाई सहभागिताको लागि आयोजक प्रवासी मञ्च दोहकले निमन्त्रणा गरेको छ । अायाेजकका अनुसार कार्यक्रमकाे तयारी पूरा भएकाे जनाएकाे छ ।