गाेरखा- राष्ट्रिय गौरवको आयोजनाको रूपमा निमार्ण गर्न लागिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको आरूघाट-खहरे बजार क्षेत्रकाे जग्गा मुअब्जा निर्धारण हुन लागेकाे छ ।
मुअब्जा निर्धारण गर्नको लागी आयोजनाको वातावरण मुअब्जा वितरण पुनर्वास तथा पुनस्थापना ईकाईले मंगलबार चुम्लिङटारकाे एक हाेटलमा गाेरखाका जनप्रतिनिधिसँग गरेकाे छलफलमा मुअब्जा निर्धारण गर्न लागेकाे हाे ।
अारूघाट लगायतका क्षेत्रकाे चाडाे मुअब्जा निर्धारण गर्न अाग्रह गर्दै अाएका साे क्षेत्रका पिडितकाे दवावपछि अायाेजना इकाइ कार्यालयले हाेटलमा छलफल गरकाे छ ।
‘सम्भबत आज नै मुआब्जा निर्धारण हुने सम्भाबना छ’ एक सहभागीले भने ‘तर, के कति, कसरी निर्धारण हुन्छ त्याे अहिले भन्न सकिन्न । पछि थाहा हुन्छ’ ।
अारूघाट लगायतका क्षेत्रकाे उचित मुअब्जा निर्धारण हुनेपर्ने माग राख्दै अारूघाट बन्ददेखी विभन्न प्रकारका सघंषका कार्यक्रम गर्दै अाएकाे सराेकार समितिले अारूघाट लगायतका क्षेत्रकाे मुअब्जा निर्धारण गर्दा बैज्ञानिक तरिकाले हुनुपर्ने माग गर्दै अाएका छन् ।
आयोजनाले लामो समयसम्म जग्गा रोक्का गरी मुआब्जा निर्धारण नगरेको भन्दै चैत्र ४ गते गोरखा र धादिङ क्षेत्रमा पर्ने आरुघाट बजार बन्द गराएका थिए ।
डुबान क्षेत्रमा पर्ने अन्यत्र स्थानकोे जग्गाको मुअब्जा निर्धारण गरी वितरणको कामसमेत लगभग सम्पन्न हुन लाग्दासमेत आरुघाट बजार र खहरे बजार क्षेत्रको मुअब्जा निर्धारण नहुँदा आफूहरु अन्योलमा परेका प्रभावितहरुले गुनासाे गरे।