बग्दाद- नेपाल सरकारबाट प्रतिबन्धित देश इराकको बग्दादमा नयाँ बर्ष २०७६ को अवसर पारेर बग्दादको जादृयामा एक कार्यक्रम सम्पन्न भएकाे छ ।
शुक्रबार स्कुसी रेस्टुरेन्ट मा २०७५ साललाई बिदाइ गरेर नयाँ बर्ष २०७६ साललाई स्वागत गर्दै नेपालीहरु भेट्घाट गरि एक आपसमा शुभकामना ब्यक्त गरेका हुन् ।
प्रवासको बसाई त्यसमाथी फर्कनको लागि सरकारबाट प्रतिबन्धले गर्दा लामो समय इराकमा नै कार्यरत नेपालिको ठूलो जामात जम्मा भएर नयाँ बर्ष मनाइएको छ। कार्यक्रममा स्वादिष्ट नेपाली परिकार समाबेश थियो।
कार्यक्रममा उपस्थित सबै निकै खुशी मुद्रामा देखिन्थे तर सबैको एउटै गुनासो थियो हामी यहीँ काम गरि परिवार पालेका छौँ हामिलाई राम्रो छ तर नेपाल गएर फर्केर फेरि रोजगारको लागि फर्किन सकिने अवस्था छैन ।
‘नेपाल सरकारले हामीलाई पनि कास प्रतिबन्ध नगरेको भए हामी प्रत्येक बर्ष घर जान आउन सकिन्थ्यो’ राम घलेले भने ‘कम्पनीले हामीलार्इ सुविधा दिएकाे छ । तर, नेपाल सरकारका कारण हामीले त्याे सुविधा लिन पाएका छैनै ।’
बग्दादमा पहिलाकाे भन्दा धेरै नै सजिलाे भएकाे छ । २००४ मा १२ जना नेपालीलाई जोर्डन लैजाने भन्दै दलालले इराकमा ल्याए । इराकमा काम गर्न पुगेका १२ नेपालीलाई सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले विभत्स हत्या गरेको थियो ।
सोही घटना पछि नेपाल सरकारले इराक जान लगाएको प्रतिवबन्ध फुकुवा गरेको छ्रैन । उनका बग्दादमा १२ हजार नेपालीहरू रहेकाे अनुमान गर्न सकिन्छ । उनीहरू प्राय चेन हाेटल देखि विभिन्न देशका दुतावास, रेष्टुरेन्ट, सेक्रेटरी गार्ड लगायतमा काम गर्दै अाएका छन् ।