गाेरखा- दुई पार्टी एकता भएको लामो समय भएपनि जिल्लामा भने एकताको प्रक्रिया अझै सुरु भएको छैन । जिल्ला कार्यसमितिको सदस्य पद टुंग्याएको दाबी गरेपछि नाम सार्वजानिक हुन सकेको छैन । पदाधिकारीहरुको चयनका विषयमा भने छलफल नै नभएको नेताहरु दावी गर्छन् ।
स्थानिय तह, प्रतिनिधि तथा प्रदेश निर्वाचनमा सयुक्त रूपमा निर्वाचनमा हाेमिएकाे तत्कालिन एमाले र माअाेवादी २०७४ असाेजमा एकता भयाे । एकताकाे घाेषणा गरेकाे नेकपाले केन्द्र, प्रदेश, जिल्ला हुदै स्थानिय तहमा संगठनिक एकता गर्ने विभिन्न चरणमा सयुक्त कार्यदलकाे बैठक समेत बस्याे ।
केन्द्र र प्रदेशले तत्कालका लागी केन्द्रिय सदस्यहरूकाे नाम त सार्वजनिक गर्याे तर, जिल्ला र स्थानिय तहकाे हालत भने ‘दाेबाटाे’ मा अड्किएकाे छ ।
किन अड्कियाे त एकता
जिल्लामा तत्कालिन एमालेकाे भन्दा माअाेवादीकाे पार्टीगत संरचना बलियाे भएकाले पनि माअाेवादीले धेरै तहमा नेतृत्व गर्न पाउने अडान राख्दै आयाे । संगठानात्मक हिसाबले देशमा नै राम्राे एमाले थियो भने सांगठानिक संघ-संस्था, निकायहरुमा आफ्नो प्रभुत्व जमाउदै ‘जबज’ को सिद्धान्त अनुरुप अघि बढेको एमालेले नेता कार्यकर्तामा मात्र भनु वा व्यत्तित्वमा मात्र सिद्धान्त निहित हुन पुग्यो र दलदलमा फस्दै गयाे।
अर्को तर्फ सशस्त्र विद्रोह तथा बन्दुकको नालबाट राज्य सत्ता हात पार्न सकिन्छ भन्ने सिद्धान्तको साथ माअोवादीहरुले अभ्यास गरे।
कालान्तरमा यी दुबै शक्ति ऐतिहासिक, भौतिकवादको अध्ययान गरेर भनु वा अन्य विविध कारणहरुले एक ठाँउमा त अाइपुगे तर, लाखौ कार्यकर्ता माझ कम्युनिष्ट विचारधारा अथवा वैज्ञानिक पद्धतिबाट छलफल र बहस गरेर एकताको शुरुआत हुनु पर्ने हो । त्यो हुनै सकेन । केवल नेतृत्व मात्र एकता गरेर नेकपा दोबाटोमा लम्पछार परिरहेको छ।
कारण
जिल्ला एकतामा पनि असर नपर्ने कुरै रहेन। दुई भिन्न अान्दोलनबाट अाएका यी शक्तिहरु एक अर्का प्रति विश्वास नगर्ने, एक अर्काको अस्थित्व स्विकार गर्नुको सट्टा एकले अर्को शक्ति माथि प्रभुत्व जमाउन खोज्ने विविध ‘कन्जरभेटिव’ मनस्थितिले गुट उपगुटको दलदलमा फसिरहेको जिल्ला पार्टि गोरखाका कार्यकर्ताहरु पनि यस्तै दलदलमा फस्दै गईरहेको देखिन्छ।
भने जनतासंगको सम्बन्ध टाढिदै गइरहेको देखिन्छ। नेकपा गोरखा यसरी नै दोवाटोमा रमिता देखाउदै हिड्ने हो भने प्राचीन युनानी मिथकका पात्र ‘नार्सिसस्’ जसरी पोखरीको पानीबाट अाफ्नो अनुहारको दृष्य हटाउन नसकेर हेर्दा हेर्दै मरेको जसरी नमर्ला भन्न सकिन्न ।
स्थानिय तहकाे एकता काँहा पुग्याे
१९ चैत्र अाइतबार जिल्लामा उपलब्ध नेकपा गण्डकी प्रदेश सदस्यहरू सयुक्त बैठकले चैत्र मसान्तभित्र स्थानिय तहकाे संगठनिक एकता प्रकृया सक्ने दावी गरेका थिए । तर, अाजसम्म जिल्ला संयन्त्रकाे बैठक सम्म बस्न सकेकाे छैन ।
जिल्लाका २ निर्वाचन क्षेत्रमा ९ गाउँपालिका र २ नगरपालिका रहेकाे छ । २ नगरपालिकाका एक/एक वटा पार्टीले नेतृत्व गर्ने, ९ वटा गाउँपालिका मध्ये ३ गाउँपालिकामा एमालेले नेतृत्व गर्ने र बाँकी रहेकाे गाउँपालिकामा माअाेवादीले नेतृत्व गर्ने गरी सहमति भएकाे छ।
तर कुन स्थानिय तहमा कसले नेतृत्व गर्ने, कुन स्थानिय तहमा कुन पार्टीले नेतृत्व गर्ने छलफलमा रहेकाे जिल्लाका एक नेताले बताए । ति नेताका अनुासार प्रत्येक स्थानिय तहमा माअाेवादीले अध्यक्ष पाएकाे स्थानमा एमालेकाे सचिव र एमालेले अध्यक्ष पाएकाे स्थानमा माअाेवादीले सचिव लिने गरी भागवन्डाका अाधारमा सहमति गरेकाे छ ।
सम्बधित समाचार
चैत्र भित्रमा गाउँपालिका स्तरीय संगठनिक एकता टुंगाउने नेकपा गाेरखाकाे तयारी