गोरखा- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ यति बेला जिल्लाको अजिरकोट, सुलिकोट र सिरानचोक क्षेत्रमा व्यस्त छन् । कुनै बेला ६ महिनासम्म पनि जिल्ला नआउने नेता श्रेष्ठ अहिले किन गोरखा दौडाहामा छन् त ? २०७४ साल मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा क्षेत्र न २ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका नेता श्रेष्ठ नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईसँग पराजित भए ।
निर्वाचनमा पराजित भएपछि उनी हरेक महिना कम्तिमा पनि ४ चोटि जिल्ला आउनेछन् । प्राय स्थानीय युवाहरूले आयोजना गरेका कार्यक्रम देखि पार्टीले आयोजना गरेका कार्यक्रममा समेत उनी आउर्छन् । सिरानचाेक गाउँपालिका-८, जौवारिका नेता श्रेष्ठ २०६४ सालमा भएको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचन लड्न चाहन्थे ।
तर डा भट्टराईका कारण ब्याक भए, या पार्टीका कारण । २०७० को निर्वाचनमा बाबुराम क्षेत्र न १ मा निर्वाचन लड्ने भएपछि उनी मकवानपुर गए । भलै मकवानपुरबाट उनी पराजित भए । २०७४ को निर्वाचनमा जित पक्का भन्दै हाेमिए पनि पराजित भए । आखिर किन पराजित भए त ? जिल्ला स्तरका नेताका अनुसार उनी ०७४ को निर्वाचनमा पराजित भएपछि जनमासमा पहिचान नभएकाे, कसैले पनि नचिन्ने महसुस गरे । अनि प्रत्येक महिना जिल्ला आउँछन् ।
०६४ को निर्वाचनमा बाबुराम भट्टराई अर्थमन्त्री भएपछि औपचारिक रूपमामा नै प्रत्येक महिना जिल्लाका मतदाताहरू सँग जाने, सुख दुखका कुरा गर्ने अभियान सुरे गरे । अहिले नेता श्रेष्ठ पनि अपाैचारीक रूपमा प्रत्येक महिना जिल्ला आउँछन् । अनि स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गर्छन् । तर, पछिल्लो एक हप्ता नारायणकाजी अजिरकाेट गाउँपालिका, सुलिकाेटका, र सिरानचाेकका प्राय वडामा छन् ।
जिल्ला स्तरका नेताहरूको साथमा जम्बो टोली लिएर गएका नेता श्रेष्ठ पार्टी प्रवेश गराउने देखि स्थानीय स्तरमा भएका कार्यक्रमहरूको समेत उद्घाटन गर्न भ्याए । बारपाक-सुलिकाेटकाेट गाउपालिकामा चलिरहेको फुटबल खेल उद्घाटन गरेपछि अजिरकाेट गाउँपालिका छिरेका उनी मुच्चाेकमा गएर पार्टी प्रवेश कार्यक्रममा सरिक भए ।
मुच्चाेकबाट भच्चेक पुगेका उनी नम्कि, सिरानडाडाँ हुँदै खरिबाेटकाे खिप्नु, वलाङ, हुँदै हंसपुरमा केही स्थानमा कार्यक्रम गर्दै केहीलाई पार्टी प्रवेश पनि गराए । पार्टी एकता भएको यत्रो समय हुँदा जिल्लाको एकता प्रक्रिया छोडेर उनीसँगै जिल्ला संयन्त्रका कृष्ण धिताल समेत उनीसँगै छन् । उनीसँग प्रेम गुरुङ, दीपक देवकोटा, बारपाक-सुलिकाेट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, विश्वेश्वर कट्टेल, यादव बस्नेत, विवश चिन्तन, लगायतका दर्जन नेता कार्यकर्ता छन् ।
चैत्र महिना भित्र जिल्लाका ११ वटै स्थानीय तहको साङ्गठनिक प्रक्रिया सक्ने दाबी गरेको नेकपा गोरखाको संयन्त्रको बैठक समेत बस्न सकेको छैन । जिल्ला पदाधिकारीहरूका टुङ्गो लागेको दाबी गरेको नेकपाले नाम सार्वजनिक गरेको छैन ।