गोरखा- जिल्ला भित्रका ११ ओटा कृषि समुहहरुले ४५ लाख रुपैया अनुदान पाउने भएका छन् ।
कृषि ज्ञान केन्द्र गोरखाले व्यवसायिक कृषि, पशुपालन तथा तरकारी खेतीका लागि प्रोत्साहन गर्ने उद्देश्ले गण्डकी प्रदेश अन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आर्थिक सहयोगमा अनुदान उपलब्ध गराउन लागेको हो ।
प्रदेश सरकारको साना नमुना फार्म सहयोग कार्यक्रम अन्तर्गत १० लाख रुपैया भन्दा कम योजना भएका कृषि र्फामहरुको छनोट गरी अनुदान उपलब्ध गराउन लागिएको केन्द्रका प्राबिधिक साहायक नारायण प्रसाद घिमिरेले जानकारी दिए ।
‘कुल १२ ओटा साना कृषि फार्महरुबाट अनुदानकालागि निवेदन प्राप्त भएको थियो, उनले भने, निवदेन आएका मध्ये ११ ओटा छनोटमा परेका छन् ।’ छनोटमा परेका नमुना कषि फार्महरुले यहि बैशाख मसान्तभित्र अनुदान पाउने गरी काम अघि बढाइएको छ।
भने ‘छनोटमा परेका कृषि र्फामहरुले बढिमा १० लाख बराबरको काम सम्पन्न गरेपछि कार्यालयबाट प्राबिधिक गएर अनुगमन गरी सोही अनुसार प्रक्रिया पु¥याएर ५० प्रतिसत अनुदान उपलब्ध गराउने व्यवस्था छ ।’
नुमना कृषि फार्म अधिकांसले तरकारी खेतीलाई प्राथामिकतामा राखेका छन् भने केहीले मौरी पालन, पशुपालन, माछा पालन गर्ने गरी योजना बनाएका छन् । प्रदेश निर्देशनालयबाट १० लाखभन्दा कम योजनाका अनुदानहरु मात्र केन्द्रले सञ्चालन गर्ने भनिएकाले केन्द्रले त्यसै अनुसार निवदेन आवह्रान गरेको थियो । कार्यक्रम सम्पन्न गर्नका लागि कार्यालयले छनोटमा परेका नमुना फार्महरुलाई सम्झौता र कार्यादेश उपलब्ध गराईसकेको छ ।
उनले छनोटमा परेका फार्महरु मध्ये ५ ओटाले ९० प्रतिशत काम सम्पन्न गरीसकेको र बाँकी रहेका फार्महरुले पनि बैशाख भित्रैसक्ने गरी काम अघि बढाएको बताए ।
‘असारसम्मको समयाबधी भएपनि हामीले छिटो गर्दा प्रभावकारी हुने देखिएकाले बैशाखमै सक्नेगरी काम शुरु गरेका हौ, उनले भने, हामीले अनुदानको सहि उपयोग होस् भनेर प्रभावकारी अनुगमनलाई समेत प्राथामिकतामा राखेका छौ ।’
नमुना कृषि फार्महरुले अनुदानको रकम भौतिक संरचना निर्माणमा खर्च गर्नुपर्ने छ। ‘कृषि फार्महरुले अनुदान रकम पुजी तर्फ खर्च गर्न पाउछ्न, उनले भने, ‘त्यसो गर्दा उहाँहरुले कृषिपेशामा दिर्घकालिन रुपमा लाग्न समेत मद्दत पुग्छ भन्ने हाम्रो बुझाई छ ।’ उनले थोरै पुँजी भएकाले कृषकहरुलाई एकै किस्तामा रकम उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिए ।