काठमाडाैं- अवैध बाटो भएर असुरक्षित रुपमा भिजिट भिषामा दुवइ हुदै इराक अाउने र गतव्यका रूपमा युराेप पुग्ने सख्या अनगिन्ति रहेकाे छ । यूरोप पुग्ने सपना बुनेका युवा वर्ग जानाजान ठगिन बाध्य छन् ।
राम्रो जागिर खाने, धेरै आम्दानी गर्ने र सुविधासम्पन्न जीवनशैली बिताउन पाउने जस्ता मानव तस्करको मिठा प्रलोभनमा परेर यूरोप हिँडेका केहीले गन्तब्यमा नपुग्दै ज्यान समेत गुमाएका छन् । यस्तै मध्येका पिडित एक हुन् सिन्धुपाल्चाेकका २६ वर्षीय फुलमान तामाङ ।
‘यूरोप पुगेर धेरै पैसा पठाउँछु र हामीलाई पनि उतै लैजान्छु भन्थ्याे,’ टर्किमा रहेका उनका साथी राजेश तामाङले भने ‘तर उनी युराेप त पुग्न सकेन् नै तर टर्किमा नै बन्धन बनि बसिरहे । दलालले कहिले के भन्छ कहिले के ? उसकाे साथमा भएकाे पैसा पनि सबै लग्याे । पासपार्ट पनि लग्याे । अब उ समस्या पर्याे ।’
४ बर्ष अगि नेपालबाट दुवइ हुदै इराक अाएका तामाङकाे इराकमा राम्राे तलव थियाे । ४ बर्षसम्म कमाएकाे पैसा केहि घरमा पठाए त केहि युराेप जाने सपनाका लागि साचे । तर, उनकाे सपना पूरा हुन पाएन । फलत उनी अहिले ८ महिना बन्दी जिवनबाट टर्किमा रहेका साथीकाे शरणमा पुगे ।
अहिले उनी विभिन्न दलालकाे साथमा कसरी नेपाल जान सकिन्छ भन्नेमा केन्द्रित छन्’ राजेश भन्छन् ‘उनलार्इ यहाँबाट नेपाल जान कम्तिमा पनि २ हजार डलर अाबश्यक पर्छ’ । टर्ककाे इस्तानबुलमा नेपाली दुतावास भएकाले पनि केहि हदमा समस्या समाधान हुनेमा उनीहरू ढुक्क छन् । उनका अनुसार उनकाे सबै प्रकृया सकिएकाे छ । अब हप्ता दिनमा नेपाल पुग्छ हाेला ।’
‘खासमा उनी इराक अाएका थिए । साथीहरूकाे साथमा उनीसँगै २४ जना ग्रिसका लागे हिडे । इराकबाट ग्रिस जानका लागि उनले दलाललार्इ ४ हजार डलर दिए । उनका साथमा गएका १९ जना ग्रिस पुगे भने अरू बन्दी भए ।
हप्ता दिन प्रहरीकाे खाेरमा पुगेका उनी सहितका बग्दाली, भारतिय र पाकिस्तानीहरूलार्इ दलालले कसरी छुटाए हामी नै अचम्ममा पर्याे’ राेजश भन्छन् ‘उसकाे ब्याड लक नै भन्नुपर्छ । उसका साथी सबै गए। उ मात्रै समस्या पर्याे ।’
उनी एक प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्तै हजाराै नेपाली दलालकाे पन्दामा परिमा काेहि युराेप पुगेका छन् भने कति ठगिएका छन् । तर, इराकबाट टर्कि हुदै युराेप जानेकाे सख्या बार्षिक ५ हजार भन्दा बढि हुने इराकमा रहेकाे संघ संस्थाले बताउछन् ।
‘इराकबाट टर्कि जान सजिलाे हुन्छ, तर एजेन्टले धेरै पैसा लिन्छन्’ नाम नबताउने ति संस्थाका एक सदस्यले भने ‘युराेप जानका लागी पैसा भए पुग्छ । तपाइकाे पासपार्ट सहित सबै नेपाली डकुमेन्टहरू यहाँ नै च्यातिएका वा जलाएका हुन्छन् ।’
‘इराकबाट युराेप जानका लागी सबैकाे डकुमेन्ट च्यातिए/जलाएका हुन्छन् । टर्कीकाे बाेर्डरमा पुगेपछि टर्कि प्रहरीले केहि दिन जेलमा राख्छ । त्यसपछि दलालले हप्ता दिनमा छुटाउछन् । अनि दलालले सेटिङ गर्दै तपाइकाे गतव्य मुलुकमा पुर्याउछन् ।’ इराकबाट ४ महिना अगि ४० दिन लगाएर जर्मन पुगेका नेपाली रामकुमार क्षेत्रीले भने ‘ त्यसका लागी तपाइसँग पैसा अाबश्यक पर्छ । अरू सबै दलालले मिलाउछन्’।
हामीलार्इ किन चिट गर्याै संगिता
संगिता थामि । बैदेशिक राेजगारीका लागी घरमा काम गर्न दाेलखाबाट इराकमा लागी हिडिन् । उनी इराक जान ३ महिना लाग्याे । ४ बर्ष अगि ३५० अमेरीकि डलर प्रतिमहिना उनकाे तलव भन्दै ‘कामदार’ कम्पनीले उनलार्इ ७ बर्षकाे बच्चा मात्र हेर्न भन्दै ३ महिना लगाएर इराककाे सुलेमानी पठायाे ।
करिब ४ महिना काम गरेपछि उनी बेखबर भइन । गाेरखा सन्देशकाे सम्पर्क अाएका घर मालिक निना नयले उनी बेखर भएपछि प्रहरीलार्इ खबर गरे । उनका अनुसार प्रहरीले घरमालिकलार्इ १ हजार फाइन भर्नु भन्याे । घर मालिकले न त थामि नै काँहा छिन् थाहा पाए । न त उनलार्इ ४ हजार अमेरेकी डलरमा खरिद गरेकाे रकम नै पाए । न त १ हजार डलर फाइन नै पाए । पछि घर मालिकले बुझ्दै जाँदा थाहा पाए उनी त युराेपकाे पुगेकाे रहिछिन् ।
‘उनलाइ युराेप नै जानु थियाे भने पहिला मेराे घरमा किन अायाै संगिता । न त मैले मेराे पैसा पाए । न त मैले मेराे बच्चा राम्राेसँग हेर्न नै पाए । ‘घरमालिक भन्छन् ‘यसरी हामीलार्इ किन चिट गर्याै संगिता ।’ उनकाे प्रत्येक शब्द नै यस्तै हुन्छ ।
कसरी जान्छन् इराकबाट युराेप
युराेप जानका लागि बिशेष गरी बग्गाली र भारतिय अनि केहि मात्रामा नेपाली दलालहरू मिलि इराकबाट युराेप पठाउछन् । प्राय साथीकाे माध्यमबाट इराक अाउने र इराकबाट युराेप जानेकाे अहिले ठुलाे जमात रहेकाे छ । नेपालबाट युराेप जान सजिलाै नै भएपछि त्यति भर्पर्दाे छैन ।
राेजगारीका लागि युराेप जानका लागि पहिला इराक अाउने, इराक अाएपछि केहि समयपछि युराेप जाने । याे कुसरी सम्भव हुन्छ ? खासमा इराककाे भिषा हप्ता दिनमा निस्कन्छन् । इराककाे भिषा निस्केकाे १० दिनमा इराक पुगेपछि दलालहरूकाे सम्पर्कमा पुगेपछि तपाइकाे गतव्य पुगन सकिन्छ ।
टर्कि, दुवइ र ग्रिस दलालकाे ट्रान्जिट
युरोप पठाउने भन्दै नेपालीलाई ठगी गर्ने गिरोहले युरोपसँग सीमा जोडिएको टर्कीलाई मुख्य केन्द्र बनाउन थालेको छन्। टर्की गए त्यहाँबाट युरोप, अमेरिका र अष्ट्रेलिया समेत जान सकिने भन्दै दलालले मानिसहरूलाई फसाउने गरेको अधिकारीहरू बताउँछन्। त्यसका अलावा दुवइ र ग्रिस समेत अहिले ट्रान्जिट हव बन्दै गएकाे छ ।