गाेरखा- पालुङटार नगरपालिकामा नोपाल क्रेडिट एण्ड कमर्स बैक लिमिटेड (एनसिसि)काे एटिएम सेवा सञ्चालनमा ल्याएकाे छ । पालुङटार शाखाले पालुङटार नगरपालिका भित्र नै पहिलो एटिएम संञ्चालनमा ल्याएको हो ।
०७६ बैशाख २ गतेबाट आफ्नो बैकिङ कारोबार संञ्चालन गरेकाे बैकले १२ बैशाखबाट एटिएम संञ्चालनमा ल्याएको बैकका शाखाका म्यानेजर विनय अधिकारीले जानकारी दिए ।
भने ‘पालुङटार सम्भावना बोकेको नगपालिका हो, यस नगरपालिकामा बढ्दो विकासलाई मध्यनजर गर्दा हामीले एटिएम मेसिनको आवश्यकता महशुस गर्याै । त्यसअनुसार एटिएम संञ्चालनमा ल्यएका हौँ ।’
सार्वजनिक विदा, बन्दको दिन तथा विहान बेलुकीको समयमा पनि अब जनताले सजिलै एटिएमको प्रयोग गर्न सक्ने पनि उनले बताए । पालुङटारमा बाहिरबाट आउने साथै घुम्नका लागि आउने प्रर्यटकका लागि पनि एटिएमले अहिले सहज बनाएको छ । नगरपालिका परिसरमा एटिएम मेसिन राखिएको छ ।