गाेरखा- समाजमा महिलाहरू पुरुषहरुबाट पीडित भएको समाचारहरु आउनु त नौलो होइन तर महिलाबाट नै ठगिएका समाचारहरु पनि प्रशस्त आउन थालेका छन् ।
विभिन्न बहानाना पुरुषसग बिबाह गरि बिबाह पछि विदेशमा रहेका श्रीमानलाई छक्याउनु, आफ्नो स्वार्थ पूरा गर्नु र विभिन्न बहाना बनाई बिदेशमा दु:ख गरि कमाएको सम्पत्ति जति सबै आफ्नो र माइतीको पकडमा पारेर श्रीमानको सम्पर्कमा पनि नआउने, छल्ने, ठग्ने, धम्क्याउने अनि कुनै छिनोफानो नगर्दा वा फरार हुँदा कस्तो होला त तपाईंहरुलाई ?
त्यहि ठाँउमा आफू रहेर सोच्नुहोस त कस्तो अनुभव होला ? यस्तै पिडा सुनाएका छन् अजिरकोट गाउँपालिका वडा नम्बर ५, मुच्चोक ओलाङ्गका दिपक देवकोटाले पनि .
उनले दिएको बयान अनुसार ०७२ साल वैशाख १० गते रामजी देवकोटा तथा सोबिता देवकोटाका छोरा दिपक देवकोटा र सोही वडाको मुच्चोकटार स्थायी घर भइ झ्याल्लामा पसल गरि बस्ने सिताराम धिताल तथा लिलादेवी धितालको छोरी मनिसा धितालबिच करिब एक वर्ष जतिको लामो समय दिपक मलेसिया रहेको बेलामा प्रेम सम्बन्ध भयाे ।
त्यस पछि पारिवारिक सहमतिमा नै सामाजिक परम्परा अनुसार बिबाह भएको थियो । कलेज पढ्न भनि काठमाडौको ढुङ्गेधारामा डेरामा बस्दै आएकी मनिसा बिबाह पश्चात् श्रीमान कतारमा वैदेशिक रोजगारका लागि गए पछि पनि भाइ सरोज धिताललाई साथमा लिएर बस्दै आएकी र यसक्रममा बिबाह पहिले मलेसियाबाट कमाएको र पछि कतारबाट कमाएको कमाईबाट श्रीमतीलाई नै जिम्मा लगाएको करिब १५ लाख नगद र ३/४ तोला सुन श्रीमती मनिसाले आफ्नै तरिकाले माइती पक्षका बुबा, आमा र भाइ सरोजसग मिलि चितवनको पार्बतिपुरमा जग्गा किनेको र पछि आफनै सुरले बेचेर स्रोत खुलाउन नचाहेको भन्ने श्रीमान दिपकको दाबी छ ।
दिपक भन्छन् ‘आफुले श्रीमतीलाई अत्यन्तै विश्वास गरेको तर श्रीमती अत्यन्त नाटकी र ठग रहेको पत्तो पाइन’ । उनका अनुसार, बिबाह पश्चात् कतारमा रहदासम्म संचार सम्बन्ध राम्रै भएको, ०७४ साल चैत्र २ गते उनी कतारबाट फर्के पछि एकाएक श्रीमती मनिसाको व्यबहारमा परिवर्तन आउन थालेको, पठाएको पैसा र किनेको जग्गाको विषयमा सोधपुछ गर्दा केही बताउन नचाहेको र एक्कासि कोठाको सामान समेत उठाएर लागि अन्यत्र बस्न थालेको दिपक बताउँछन् ।
यस अघि ०७३ साल कार्तिकदेखि हालसम्म नै सहरी विकास मन्त्रालय, बागमती सरसफाइ अभियानको कार्यालयमा करार नियुक्तिमा कार्यरत मनिसालाई पटक पटक भेट्न वा लिन जादा सम्पर्कमा नै आउन नचाहेको तर कहिलेकाही विभिन्न नम्बरबाट अर्को मान्छेलाई फोन गर्न लगाई पिट्ने, मार्ने धम्कि दिएको र पटक पटक मनिसाको बारेमा ससुरालीमा बुझ्दा समेत मेरी छोरी मन्त्री जतिको बाठी छ उसलाई नै सोध भन्ने जवाफ ससुरा सितारामले दिने गरेको दिपक बताउछन् ।
श्रीमती मनिसाले भने विभिन्न समयमा फोनबाट कहिले टन्न पैसा कमाउ अनि डिभोर्स गरौंला त कहिले छिटो डिभोर्स गरौं, कहिले अर्को बिहे गर म सहयोग गर्छु, कहिले तिम्रो र मेरो के नाता छ र?, कहिले आफु नेताको मान्छे भएको र कसैले केही गर्न नसक्ने जस्ता कुरा गर्ने गरेको पनि दिपकले गोर्खा सन्देशलाई बताएका छन् ।
दिपकका अनुसार यस अघि पटक पटक मिल्न मिलाउन चाहदा समेत उल्टो धम्की दिएको र यस विषयमा छिनोफानो गर्न कोसिस गरि अजिरकोट गाउँपालिका, वडा कार्यालय हुँदै प्रहरी प्रशासन गुहार्दा समेत आलटाल गर्ने गरेको र पछिल्लो पटक ०७५ चैत्र २४ गते महानगरीय प्रहरी प्रभाग, बालाजुमा विभिन्न तरिकाबाट उपस्थित गराई विभिन्न सरोकारवालाहरुको रोहवरमा मिलापत्र गर्दा समेत उक्त निर्णयको कुनै वास्ता नगरी ठगी प्रवृत्ति दर्शाउदै फरार रहेकोले न्याय दिलाइदिनु हुन भनी पुनः वडा कार्यालयमा निवेदन गर्दै इलाका प्रहरी कार्यालय जौबारीमा सबन्धित पक्षहरु झिकाई वास्तविक न्याय दिलाई दिन निवेदन साथअनुरोध गरि सकेको र एकै साथ मिडियाहरु मार्फत पनि आफ्नो वास्तविक समस्या उजागर गरिदिन र न्यायका निम्ति पहल गरिदिन भनी गोरखा सन्देशको सम्पर्क आएको आफ्नै श्रीमतीबाट पिडित भनिएका देवकोटा बताउछन् ।
के महिलाले जे गरे पनि हुने हो ? समाजमा हुने यस प्रकारको अन्यायमा कसरी न्याय मिल्ला त ? श्रीमती वा श्रीमान कसको गलत प्रवृति हो त ? यसमा छिनोफानो गर्ने निकाय किन मौन छ ? यदि दिपक नै पीडित हुन् भने के उनले न्याय नपाउने ?