काठमाडाैं- बैदेशिक राेजगारीकाे शिलशिलामा नेपाल सरकारले प्रतिवन्ध लगाएकाे मुलुक इराकमा नेपालीहरूका लागी सन् २०१४/१५ सम्म राेजगारीका लागी सहज नै थियाे । सन् २०११ बाट सिरियामा द्वन्द्व सुरू भयाे । ०१४ सम्म खासै समस्या थिएन् तर ०१४/१५ पछि भने नेपालीहरूकाे क्रमश राेजगारी खाेसिन थाल्याे ।
राेजगारीका लागी सन् २०१३ मा इराककाे इर्विलमा अाएका बाग्लुङका राजन मगर भन्छन् ‘०१३/१४ सम्म प्रस्शतै राेजगारी पाइन्थ्याे । तर अहिले त्यस्ताे छैन । हुन त त्याे समयमा नेपालीहरू पनि कम थिए । भए पनि प्राय महिला मात्र थिए । मेराे अनुमानमा त्याे समयमा इराकमा ५ हजार जति नेपाली थिए हाेला ।’
उनका अनुसार सन् २०१८ पछि नेपालीहरूकाे संख्या क्रमश बढ्न थाल्याे । ०१४ पछि नेपालीहरू इराक नअाएका त हाेइन तर ०१८ मा सबैभन्दा बढि नेपाली अाएकाे उनले सुनाए ।
सिरियामा द्वन्द्व चलिरहेकाे समयमा सुरि कुर्दिहरुको ठूलो समूह इराककाे एक प्रान्तिय राज्य कुर्दिस्तानमा शरणार्थीको रुपमा छिरे अनि नेपालीकाे राेजगारी गुम्याे । इराकमा सुरि कुर्दिहरूकाे अागमनसँगै नेपालीहरूकाे राेजगारी खाेसिदै गएकाेमा उनी नेपालीहरूकाे कमजाेरी रहेकाे तर्क गर्छन् ।
भन्छन् ‘नेपालीहरू १ महिनाकाे तलव पाएपछि २/३ महिना काममा जान्न । अनि कामदार कम्पनीले नयाँ देश र कम तलवमा काम गर्ने श्रमिककाे खाेजी गर्ने थाल्याे । त्यसपछि सुरि कुर्दिहरू २/३ सय अमेरीकि डलरमा काम गर्न तयार भए । यसरी नेपालीकाे राेजगारी गुम्दै गयाे ।’
नेपालीहरूका लागि काम नै नपाउने भने हाेइन । मगर भन्छन् ‘काम त पाइन्छ । तर, कम तलवमा राेजगारीका लागी बढि कमिसन, केहि समयपछि कामदार कम्पनीले कामबाट निकाल्ने, कामदार कम्पनीमा नै झगडा गर्ने, १२/१४ घण्टासम्म काम गर्नु पर्ने विविध कारणबाट नेपालीहरूकाे राेजगारी कम हुदै गर्याे ।’
उनी जस्तै सन् २००४ मा १२ जना नेपालीलाई जोर्डन लैजाने भन्दै दलालले इराकमा ल्याएका थिए । इराकमा ल्याइएका १२ नेपालीलाई सुन्नी अतिवादी संगठन ‘इस्लाम अल सुन्ना’ समूहले विभत्स हत्या गरेको थियो ।
त्यही समयमा इराक अाउन भारतमा एजेन्टसँग रहेका खाेटाङका राजन लिम्बु पनि नेपाली र सिरिया द्वन्द्वका कारण राेजगारी खाेसिएकाे बताउछन् । भन्छन् ‘खासमा सिरियाकाे द्वन्द्वले बढि नेपालीलाइ असर गर्याे । अनि प्राय चाँहि नेपाली कामदारहरू कै कारणले समस्या अाइपरेकाे हाे ।’
‘१२ जना नेपालीकाे हत्यापछि अमेरिका, भारत लगायतका देशले इराक छाड्न अाफ्ना कामदारहरू अनुराेध गर्याे । तर नेपाल सरकारले पनि अनुराेध त गरेकाे थियाे । तर हामी सुरक्षित थियाै । त्याे समयमा हामी अमेरीकि बेस क्याम थियाै, ‘उनी भनछन्’ त्यसैले पनि हामी नेपाल गएनाैँ ।’
उनका अनुसार त्याे समयमा कमै मात्रामा नेपाली यहाँ थिए । खासमा उनलाइ पनि एजेन्टले टर्किकाे भिषा लगाएर केहि समय टर्किमा राखेकाे थियाे । करिब ६ महिना टर्किमा बसेपछि उनी अमेरीकी सैनिकहरूसँगै इराक अाए । अहिले उनी त्यहि बेस क्याममा काम गर्छन् । महिनाकाे करिब ३ हजार अमेरीकि डलर कमाउछन् ।
उनी भनछन् ‘त्याे समयमा नेपालीहरू एकदम साेझा हुन्थे । प्राय सबैले माया गर्थे । मेराे कम्पनीमा काम गर्न अाइज भन्थे । उनी अतितका पल सम्छन् ‘तर अहिले नेपालीलाइ कामदार कम्पनीले हेर्न्र नजर परिवर्तन भएकाे उनी सुनाउछन् ।’
गैरकानुनी मार्ग प्रयोग गदैं इराक आउनेको सख्यां एकिन तथ्याङ नभएपनि लगभग ३० हजार हाराहारी नेपाली इराकका विभिन्न स्थानमा रहेका विभिन्न इराकमा रहेका संघ संस्थाहरूले दावी गर्छन् ।
तर, नेपालबाट इराक अाउने तथ्याङ भने न नेपाल सरकारसँग छ न त कुर्दिस्तान सरकारसँग । इराकमा अाएपनि गैरकानुनी बाटाे हुदै प्राय मान्छे युराेप जाने हुदाँ एकिन तथ्याङ कति छ भनेर एकिन गर्न सकिन्न ।
सरकारले प्रतिबन्ध लगाए पनि गैरकानुनी बाटोबाट इराक जाने कामदारको संख्या धेरै रहेको वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने व्यवसायीले बताउदै आएका छन् । खासमा मेनपावर व्यवसाहिहरू भन्दा पनि ट्राभलहरूकाे माध्यमबाट इराकमा नै रहेका एजेन्टहरूकाे माध्यमबाट दुवइकाे भिजिट भिषा लगाएर नेपालीहरू इराक जान्छन् । त्यसैले पनि कति नेपाली इराकमा छन् भनेर तथ्याङ निकाल्न गाहाे हुन्छ ।
इराकमा विभिन्न ठाँउमा रहेका अमेरिकी बेस क्याम्पहरुमा नेपाली सुरक्षा गार्ड, कुक, वेटर, चालक, सिकर्मी, साधारण कामदार, कार्यालय सहायक तथा सुचना प्रवधि सम्बन्धि प्राविधिक कार्यालयमा काम गदै आएका छन् ।
शृखलाहरू
इराकका गल्ली-गल्लीमा भेटिन्छन् नेपाली बेराेजगार दलाल, तपाइपनि फस्नु हाेला, हाेस गर्नाेस ! [भाग-१]
भिजिट भिषामा इराक : गल्ली-गल्लीमा भेटिन्छन् नेपाली बेराेजगार दलाल [भाग-२]
राेजगारीकाे नाममा इराकमा माैलाउदै ठगी, नेपालीले नेपालीलार्इ नै यसरी ठग्छन् ! [भाग- ३]