काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०७६/७७का लागि गाेरखाका स्थानीय तहलाई समपुरक र विषेशबाहेक ५ अर्व ७६ कराेड २० लाख बजेट विनियोजन गरेको छ ।
अर्थ मन्त्रालयले वित्तीय हस्तान्तरण मार्फत आगामी आर्थिक वर्षका लागि जिल्लाका ११ वटाै स्थानिय तहलाइ उपलब्ध गराएको अनुदान बजेट सार्वजनिक गरेको छ।
योसँगै अर्थ मन्त्रालयले जिल्लाका २ नगरपालिका र ९ गाउपालिकाले पाउने समानीकरण अनुदान र सशर्त वापत दिइने अनुदान रकमको विवरण सार्वजनिक गरको हो।
मन्त्रालयले पठाएकाे बजेटमा नगरपालिका तर्फ १ अर्व ४९ कराेड ४१ हजार वितिय अनुदान मार्फत र ससर्त अनुदान मार्फत १ अर्व ८४ कराेड ७६ लाख रहेकाे छ भने जम्मा ३ अर्व ३४ कारेड ०८ लाख विनियाेजन रहेकाे छ ।
गाउँपालिका तर्फ भने १ अर्व ०७ कराेड ७१ लाख वितिय अनुदान मार्फत र ससर्त अनुदान मार्फत १ अर्व ३४ कराेड ४१ लाख रहेकाे छ भने जम्मा २ अर्व ४२ कारेड १२ लाख विनियाेजन रहेकाे छ ।
यसरी दिएको रकममध्ये सबैभन्दा बढी रकम गाेरखा नगरपालिकालाइ विनियाेजन गरिएकाे छ भने सबैभन्दा कम उत्तरी गाेरखाकाे चुमनुव्री गाउँपालिकालाइ विनियाेज गरेकाे छ ।
गाउपालिका मध्यै सबैभन्दा धेरै बजेट सिरानचाेकमा परेकाे छ भने क्रमश सहिद लखन, भिमसेन, बारपाक, गण्डकि, अारूघाट, अजिरकाेट, धार्चे र चुमनुव्रीलाइ परेकाे छ ।
गाेरखा नगरपालिकालाइ वितिय अनुदान मार्फत २३ कराेड ३१ लाख, ससर्त अनुदान मार्फत २६ कराेड ९४ लाख र जम्मा ५० कराेड २५ लाख विनियाेजन गरेकाे छ ।
त्यस्तै पालुङटार नगरपालिकालाइ वितिय अनुदान मार्फत १८ कराेड ३१ लाख, ससर्त अनुदान मार्फत २६ कराेड ९४ लाख र जम्मा ५० कराेड २५ लाख विनियाेजन गरेकाे छ ।
अजिरकाेटमा वितिय अनुदान मार्फत १० कराेड १३ लाख, ससर्त अनुदान मार्फत ११ कराेड ९० लाख र जम्मा २२ कराेड ४९ लाख, अारूघाटमा वितिय अनुदान मार्फत १३ कराेड ११ लाख, ससर्त अनुदान मार्फत १४ कराेड ८९ लाख र जम्मा २८ कराेड ०२ लाख विनियाेजन रहेकाे छ ।
त्यस्तै, गण्डकी गाउपालिकामा वितिय अनुदान मार्फत १३ कराेड ४१ लाख, ससर्त अनुदान मार्फत १५ कराेड ९० लाख र जम्मा २९ कराेड ३१ लाख, चुमनुव्री गाउँपालिकामा वितिय अनुदान मार्फत ६ कराेड ६१ लाख, ससर्त अनुदान मार्फत ८ कराेड ५३ लाख र जम्मा १५ कराेड ४९ लाख रहेकाे छ ।
धार्चे गाउपालिकामा वितिय अनुदान मार्फत ८ कराेड ९४ लाख, ससर्त अनुदान मार्फत ९ कराेड ३१ लाख र जम्मा १८ कराेड २५ लाख, भिमसेन थापा गाउपालिकामा वितिय अनुदान मार्फत १३ कराेड १४ लाख, ससर्त अनुदान मार्फत १८ कराेड १८ लाख र जम्मा ३१ कराेड ३२ लाख विनियाेजन गरेकाे छ ।
सहिद लखन गाउपालिकामा वितिय अनुदान मार्फत १४ कराेड ६९ लाख, ससर्त अनुदान मार्फत १७ कराेड ५० लाख र जम्मा ३२ कराेड १९ लाख, सिरानचाेक गाउपालिकामा वितिय अनुदान मार्फत १३ कराेड ७३ लाख, ससर्त अनुदान मार्फत १७ कराेड २३ लाख र जम्मा ३४ कराेड ४४ लाख विनियाेजन गरेकाे छ ।
बारपाक-सुलिकाेट गाउपालिकामा वितिय अनुदान मार्फत १३ कराेड ७३ लाख, ससर्त अनुदान मार्फत १७ कराेड २३ लाख र जम्मा ३० कराेड ९६ लाख विनियाेजन गरेकाे छ ।