गाेरखा- गण्डकी प्रदेश सभाका सदस्य प्रकाशचन्द्र दवाडीले गाेरखकाली रबर उद्याेग तत्काल सञ्चालन गर्न माग गरेका छन् । मंगलबार संसदमा बोल्दै सांसद दवाडीले रबर उघाेग जस्ता उद्याेगहरू तत्काल सञ्चालन गरेर युवा पलायनलाइ राेक्न पनि आग्रह गरेका हुन् ।
उनले जिल्लाकाे अजिरकाेट गाउपालिकाकाे सिरान्डाँडाकाे ढुंगा खानी र बारपाक-सुलिकाेट गाउपालिकामा रहेकाे तामा खानी सञ्चालनमा सरकारले बिषेश ध्यान दिन आग्रह गरे ।
अहिले सरकारले ल्याएको कार्यक्रमहरुले प्रदेशमा सन्तुलित विकास हुन नसक्ने भन्दै उनले सरकारले समृद्ध नेपाल सुखी नेपाली भन्ने नाराका साथ ल्याएको विद्येयक राम्रो भएपनि कार्यक्रहरु सन्तुलित विकास हुने खालको नभएको बताएका हुन् ।
‘नारा राम्रो छ, उनले भने, ‘तर, धेरै अपुरो छ । म अपुरो कुरा भन्छु । योजना आएको छ । प्रदेशबाटै उपभोक्ता समिति बनाएर पठाएको छ । यसमा माननीय सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले पर्यटकिय क्षेत्रहरु घोषणा गर्दा अहिले पर्यटकिय गतिविधि भइरहने क्षेत्र समाबेश भएकोमा आपत्ती प्रकट गरे । ‘पर्यटकिय क्षेत्र घोषणा गरियो । पर्यटकिय क्षेत्रमा नयाँ क्षेत्रहरु समाबेश भएन । गतिविधि भइरहेकोलाई पर्यटकिय क्षेत्र भनेर मात्र आयो । यसरी सन्तुलीत विकास हुँदैन,’ उनले भने ।
पुँजीगत भन्दा चालु खर्च बढेको प्रति पनि उनले चिन्ता ब्यक्त गरे । ‘पुँजीगत हेर्दा र आय हेर्दा नेपालीको टाउकोमा ३३ हजार भार थपिएको छ । त्यसमा पनि हामीले ध्यान दिनुपर्छ । प्रदेशलाई समृद्धि बनाउँदा त्यसलाइ पनि ध्यान दिनुपर्छ । बजेट गोलमाल रुपमा आयो ।’ उनले भने ।
के उघाेग चलाउन सम्भव छ ?
नेपालकै एक मात्र रबर उद्योगको रुपमा रहेको गोरखकाली रबर उद्योग पुर्ण रुपमा बन्द हुँदा यसको अस्तित्व नै संकटमा परेको छ । गोरखा नगरपालिका १४ मझुवामा ६ सय रोपनीमा सञ्चालित रहेको रबर उद्योग विगत ३ वर्षदेखि बन्द रहेको छ ।
विगतमा केहि दिन संचालनमा आएपनि उद्योगको लागत खर्च बढेसँगै पुजीको अभाबमा उद्योग बन्द हुन पुगेको हो । चालु पुजीको अभाव, दक्ष कर्मचारीको अभाव न्युन उत्पादन क्षमता, चर्काे ब्याजदर लगायतका कारणले उद्योग बन्द भएकाे छ ।
बजेट अभावमा समयमै कच्चा पदार्थ किन्न नसक्नु, मजदुरको बन्द हडताल लगायत उत्पादनले बजारमा प्रतिःपर्धा गर्न नसक्ने अवस्था आएपछि उद्योग पुर्ण रुपमा बन्द हुन पुगेको छ । टायर उत्पादनका लागि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थहरु भारत लगायत तेस्रो देशबाट आयात गर्नुपर्ने भएकोले पनि लागत बढ्दै गएको थियो ।
२०४१ सालमा स्थापना भएको टायर उद्योग सञ्चालनको लागि पटक पटक प्रयास भएपनि बन्द हुँदा संचित नोक्सानी १ अर्ब ५० करोड भन्दा बढि रहेकाे छ । सरकारले गोरखकाली रबर उद्योगका कर्मचारीलाई अनिवार्य अवकाश दिने भएको छ । उद्योगमा कार्यरत ३ सय २३ कर्मचारीलाई झन्डै १ अर्ब रुपैयाँ दिएर अनिवार्य अवकाश दिन लागिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगका सबै कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्ताव अर्थ मन्त्रालयमा पठाएको छ । उद्योगका सबैखाले दायित्व पूरा गरेर पुनः सञ्चालनको वातावरण बनाउन कर्मचारीलाई अनिवार्य अवकाश दिइने भएको हो ।
विभिन्न समयमा मन्त्रालयककाे टाेलीले उघाेग सञ्चालन गर्न सक्ने भन्दै प्रतिवेदन प्रश गरेकाे भएपनि केहि प्रगति हुन सकेकाे छैन । स्थानिय निर्वाचनमा गाेरखा नगरपालिका मेयर राजनराज पन्थले आफ्नाे मुल्य लक्ष्य नै उघाेग सञ्चालनमा ल्याउने भन्दै भाषण गरेकाे भएपनि अहिले मेयर पन्थ चुपचाप छन् ।
गण्डकी प्रदेशका सांसद हरिशरण आचार्य पनि साे उघाेग सञ्चालनमा ल्याउने दावी गरेका थिए । तर, उनी पनि अहिले खासै चासाे दिएका छैन् । गाेरखाका सांसद या जनप्रतिनिधि यहि रबर उघाेगलाइ चुनावी एजेन्डा बनाउदै सांसद, मन्त्री समेत भए तर रबर उघाेग जहिले सुतिरहेकाे छ ।