गाेरखा- गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा गोरखामा विभिन्न महत्वाकांक्षी याेजना परेकाे छ । प्रदेश प्रमुख बाबुराम कुँवरले शुक्रबार प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाेरखामा विभिन्न महत्वाकांक्षी सहितकाे याेजना परेकेा छ ।
प्रदेशकाे निति तथा कार्यक्रममा प्रदेशका जिल्लाका सबै स्थानिय तहमा आउँदो ४ वर्षमा केन्द्रलाई सडक सञ्जालले जोड्ने, बुढीगण्डकीमा सडक बनाइने, दुर्गमा गाउँका सुत्केरीको लागि हेलिकोप्टर लिफ्टिङ गरिने, पशुपक्षी तथा मत्स्य पकेट क्षेत्र विकासका लागि एक वडा: एक नमूना व्यावसायिक कृषि कार्यक्रम र एक पालिका एक उत्पादन कार्यक्रम गरिने उल्लेख गरिएको छ।
त्यस्तै ५० शैय्याकाे गाेरखा जिल्ला अस्पतालमा डाईलायसिस सेवा विस्तार गरिने समेत उल्लेख गरीएकाे छ । मनास्लु आरक्षण लगायत संरक्षित क्षेत्रका पदमार्गको स्तरोन्नति गर्ने बताइएको छ । सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरी कार्यक्रम सञ्चाालन गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
‘एक निर्वाचन क्षेत्र – एक सडक’ कार्यक्रम अन्रतका जिल्लाका सडकलाइ कालाेपत्राे गरीनुका साथै अन्य शाखा सडकलाइ स्तराेन्ती गरिने छ ।उज्यालाे कार्यक्रम अन्तर्गत जिल्लाका हरेक वडामा दुइ बर्षभित्र राष्ट्रिय प्रसारण लाइनमा जाेडिने महाेत्वकांक्षी याेजना समेत समावेश भएकाे छ ।
तर, हालसम्म पनि बत्ति बाल्न नसकिएकाे जिल्लाका केहि स्थानिय तहमा साैय उर्जा प्रणाली जडान गर्ने प्रकृया सुरू गरेकाे बताइएकाे छ । तर जिल्लाका उत्तरी क्षेत्रकाे चुमनुव्री, धार्चे लगायतका क्षेत्रमा केहि भागमा बिघुत भएपनि भुकम्पका कारण क्षति भएपछि बत्तिमुनिकाे अध्याराेमा बस्न बाध्य भएका छन् ।