गोरखा- नेपालकै एक मात्र रबर उद्योगका रुपमा रहेको गोरखकाली रबर उद्योग पुर्ण रुपमा बन्द हुँदा यसको अस्तित्व नै संकटमा परेको छ । गोरखा नगरपालिका १४ मझुवामा ६ सय रोपनीमा सञ्चालित रहेको रबर उद्योग २०७१ चैत २३ देखि बन्द छ ।
विगतमा केहि दिन संचालनमा आएपनि उद्योगको लागत खर्च बढेसँगै पुजीको अभाबमा उद्योग बन्द हुन पुगेको हो । चार वर्षदेखि उत्पादन बन्द भएको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन सरकारले तयारी गरेको छ । उद्योग सञ्चालनका लागि अध्ययन गर्न उद्योग मन्त्रालयले कमिटीको प्रतिवेदनका आधारमा उघोग सञ्चालनको तयारी सरकारले गरेको छ ।
किन बन्द भयो उद्योग
चालु पुजीको अभाव, दक्ष कर्मचारीको अभाव न्युन, उत्पादन क्षमता, चर्को ब्याजदर लगायतका कारणले उद्योग विगतदेखि समस्यामा पर्दै आएको थियो । बजेट अभावमा समयमै कच्चा पदार्थ किन्न नसक्नु, मजदुरको बन्द हडताल लगायत उत्पादनले बजारमा प्रतिःपर्धा गर्न नसक्ने अवस्था आएपछि उद्योग पुर्ण रुपमा बन्द हुन पुगेको छ ।
टायर उत्पादनका लागि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थहरु भारत लगायत तेस्रो देशबाट आयात गर्नुपर्ने भएकोले पनि लागत बढ्दै गएको थियो ।
घाटा मात्रै २० करोड रुपैयाँ
गोरखकाली टायर उद्योगले उत्पादन गरेका टायरहरू विदेशबाट आयातीत टायरसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योगको उत्पादन पूर्ण रूपमा ठप्प रहेको छ । उद्योगमा कुल २४१ जना कर्मचारी कार्यरत रहेका छन् । उद्योगको उत्पादन ठप्प भएदेखि कर्मचारीहरूले तलबसमेत पाउन सकेका छैनन् ।
तर, ती कर्मचारीले कार्यालयमा उपस्थिति हाजिर भने लाउने गरेका छन् । उद्योगका प्रबन्ध निर्देशक बार्तौलाका अनुसार उद्योगमा कार्यरत कर्मचारीलाई विगत २७ महिनादेखि तलब उपलब्ध गराइएको छैन । उद्योगको तलबबापतको घाटा मात्रै २० करोड रुपैयाँ नाघिसेको छ ।
१० करोडको कच्चापदार्थ भण्डारमै
उद्योगमा करिब १० करोडको कच्चापदार्थ भण्डारमै रहेको छ । उद्योग सञ्चालनमा आए केही दिनका लागि भण्डारमै रहेको कच्चापदार्थले पुग्नेछ ।
२८ करोड लगानी
गोरखकाली रबर उद्योगमा सरकारको ३८ प्रतिशत लगानी छ । त्यस्तै २१ प्रतिशत समुदाय र बाँकी साल्ट टे«डिङलगायतका संस्थान र बैंकहरूको लगानी छ । उद्योगमा सरकार, समुदाय, संस्थान र बैंकहरू गरी २८ करोड लगानी रहेको कामु महाप्रबन्धक बर्तौलाले बताए ।
उद्योगका सामान बिग्रिदै
उद्योग सञ्चालनमा नरहेपछि बिग्रिने र हराउने समस्या हुन थालेको छ । उद्योगमा जडान गरिएको सिसिक्यामेरा बिग्रँदा सामग्रीहरू असुरक्षित भएका हुन् । सामग्रीहरूसमेत बिग्रिन थालेको कर्मचारीले बताए । लामो समयसम्म उद्योगका सामग्री प्रयोगमा नल्याउँदा खिया लाग्ने, बिग्रने र जाम हुन लागेका छन् ।
विगतमा केहि दिन संचालनमा आएपनि उद्योगको लागत खर्च बढेसँगै पुजीको अभाबमा उद्योग बन्द हुन पुगेको हो । चालु पुजीको अभाव, दक्ष कर्मचारीको अभाव न्युन उत्पादन क्षमता, चर्को ब्याजदर लगायतका कारणले उद्योग बन्द भएको छ ।
२०४९ मंसिर २९ मा स्थापना भएको टायर उद्योग सञ्चालनको लागि पटक पटक प्रयास भएपनि बन्द हुँदा संचित नोक्सानी १ अर्ब ५० करोड भन्दा बढि रहेको छ । २२ वर्ष सञ्चालनमा रहेको उद्योगले इतिहासमा एकपटक मात्रै नाफा कमाएको थियो ।
पटक–पटक बन्द हुँदै सञ्चालनमा आउँदै गरेको यो उद्योग २०७२ सालको भूकम्पपछि भने पूर्ण रुपमा बन्द भएको थियो । बन्द उद्योग फेरि बिउँताउने वा सधैँका लागि बन्द गर्ने भन्नेमा वेलावेला चर्चा चल्दै आएको छ ।
गण्डकी प्रदेश सरकारको योजना, १५ महिनासम्म पूरा भएन
गत वर्ष गण्डकी प्रदेश सरकारले उद्योग घाटामा जानुको कारण पत्ता लगाएर फेरि सञ्चालनमा ल्याउनुपर्ने बताएको थियो । तर, केन्द्र सरकारले भने उद्योग मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलको संयोजकत्वमा अर्थ र उद्योग मन्त्रलायका प्रतिनिधिसहित ५ सदस्यीय कार्यदल बनाएर अध्ययन गरी सुझाव दिन भनेको थियो । कार्यदलले सरकारलाई कर्मचारीलाई अवकाश दिन सुझायो ।
उद्योगमा १ सय ३५ मजदुर र ९७ कर्मचारी कार्यरत थिए । उनीहरुले ३४ महिनाको तलब नपाएको बताउँदै आएका छन् । उनीहरुको पूरै तलब र उपदान दिँदा सबा अर्ब खर्च हुने उद्योगका लेखा अधिकृतले सार्वजनिक रुपमा बताउँदै आएका थिए ।
नियममित सञ्चालनका लागि पुँजीको अभाव र भारतीय टायरसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बन्द हुने अवस्थामा पुगेको जानकारहरु बताउँछन् । ०४१ मा सञ्चालनमा आएको उद्योगको उत्पादन ‘गोरखकाली टायर’ एक समय निकै चर्चित थियो । उद्योगले २४ घन्टामा ६ सय २४ थान ट्रकटायर र ननट्रक टायर उत्पादन गर्ने क्षमता राख्थ्यो ।
बन्यो चुनावी एजेन्डा, तर सञ्चालनमा आएन
यो उघोग सञ्चालनका लागि तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टरार्इ देखि नेकपाका प्रवत्ता नायाराणकाजी श्रेष्ठ, तत्कालिन स्थानिय विकास मन्त्री हतिराज पाण्डे, राष्ट्रिय सभा प्रतिपक्ष दलका नेता सुरेन्द्र पाण्डे, प्रतिनिधि सांसद हरिराज अधिकारी, चुडामणी खड्का, गण्डकी प्रदेश सभाका सांसदहरू लेखबहादुर थापामगर, रामशरण बस्नेत, हरिशरण आर्चाय, प्रकाशचन्द्र दवाडी, गोरखा नगरपालिकाका मेयर राजनराज पन्थ समेतले यो उघोग जसरी पनि सञ्चालन गरी छाड्ने अठोट लिएका थिए ।
तर, उनीहरूले निर्वाचनमा चुनावी एजेन्डाका रूपमा उघोगलाइ अगि सारे । तर, कहिल्यै फलोअप गरेनन् । तर, पूर्वप्रधानमन्त्री भट्टराइ देखि गोरखाबाट निर्वाचित जनप्रतिनिधिले उघोग सञ्चालनमा ल्याउन विभिन्न चरणमा सांसदमा आवाज उठाएपनि खासै सम्बोधन हुन भने सकेको छैन् ।
गोरखाका मेयर राजन राज पन्थका योजना, बोलीमा मात्र समिति
गोरखा नगरपालिकाका मेयर राजन राज पन्थले गोरखाली रबर उघोग सञ्चालन गर्न तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका थिए ।
तर प्रधानमन्त्री देउवाले समेत खासै वास्ता नगरेकाले मेयर पन्थ के गर्ने भन्ने विषयमा अन्योलमा परे । मेयर पन्थले देउवा मार्फत उघोग सञ्चालनमा ल्याउन आग्रह गरेका थिए । तर उनले पनि सकेन् ।
रबर उद्योग संचालनबारे प्रधानमन्त्रीसंग छलफल
टायर उत्पादन गर्ने नेपालकै एकमात्र उद्योग गोरखकाली रबर उद्योग पुनःसंचालन गर्नेबारे मेयर पन्तले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएका छन्।
‘प्रधानमन्त्रीज्यूसंग भेटेर गोरखकाली रबर उद्योग पुनःसंचालनमा ल्याउनुप¥यो, सघाउनुहोस् भनेको छु’ पन्तले भने, ‘उद्योगमन्त्री नै नभएको अवस्था रहेकाले उद्योग संचालन गर्नेबारे पर्याप्त छलफल तथा योजनाहरु बनाउन पाएका छैनौं।’ तर उद्योग संचालन गरि छाड्ने मेयर पन्तको भनाइ छ।
रबर उद्योग रहेको क्षेत्रमा अन्य उद्योगहरु पनि संचालन गर्न सकिने भएकाले उद्योग परिसरमा सेज स्थापना गर्नुपर्ने उनले बताए। उद्योग संचालन गरेपछि रोजगारीको सिर्जना हुने र बेरोजगारी समस्या केही हदसम्म भएपनि अन्त्य हुने मेयर पन्तको बिश्वास छ।
त्यसपछि मेयर पन्थ उघोगका विषयमा बेखबर छन् । उनी विभिन्न कार्यक्रम देखि स्थानिय स्तरमा हुने कार्यक्रममा सारिक हुदै समय खर्च गर्दै आएका छन् । उघोग सञ्चालन गरि छाड्ने योजना काहाँ पुग्यो मेयर ज्यू रु