गाेरखा- बैदेशिक राेजगारीकाे शिलशिलामा कतारमा रहेका गाेरखाका इब्राहिम मियाले ‘सेरेब्रल पल्सी’ जस्तो घातक रोगबाट लामो समय देखि पिडीत रहेका पाल्पाका एक बालकलाइ अार्थिक सहयाेग उपलब्ध गराएका छन् ।
पाल्पाकाे आर्य भन्ज्यांग बस्नेका अरफात मियाको लागि उपचार गर्न परिवारको आर्थिक अवस्थाले असम्धव भएपछि उनले सहयोगको अपिल गरेका हुन् ।
उपचारको निम्ति भारत लगिएपनि करिव एक वर्ष अस्पतालमा नै राख्नु परेकाले परिवारकाे आर्थिक सहायताको लागि अनुरोध गरिएको थियो । थुप्रै सामाजिक कार्यमा अग्रसर भएका इब्राहिमले ‘अरफान मिया बचाउ अभियान’ संचालन गरे र सुरु गरेको केहि दिनमा नै सहयोगी हातहरुको लाइन नै लाग्यो ।
उनकाे अप्रिलकाे छाेटाे समयमा नै २ लाख १५ हाजार भन्दा बढि संकलन भएकाे छ । गोरखा मुस्लिम एकता सेवा समाजका महासचिव समेत रहेका मिया कतार स्थित हमाद हस्पिटलमा कार्यरत छन् । सामाजिक कार्यमा निक्कै नै सक्रिय मियाले यसअघि पनि थुप्रै अभियान र व्यक्तिगत सहयोग गाउघरमा रहेका गरिब दुखी असहाय लाइ गर्दै आएका थिए ।
कतारको यो मौसम रोजाको समय खालि पेट आफ्नो ड्युटी र बचेको थोरै समय पनि घाम पानी नभनी भरपुर सामजिक कार्यमा अनवरत रुपमा लागेका मियाले अार्थकि संकलन गरेका हुन् ।
अबको चरणमा फिल्डमा आफु स्वयम् उपस्थीत भएर त्यहाको खास अवस्थाको भिडीयो सहित आर्थिक संकलन गर्ने उनले जानाकारी दिए । रोगी बालकलाई उपचारको निम्ति २० लाख भन्दा माथि खर्च लाग्ने हुदा पनि अभियानले चौतर्फी रुपमा अघि बढाएको र देश विदेशका बिभिन्न मुलुकबाट पनि मिलेको उनले जानकारी गराए ।