गाेरखा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटि सदस्य घनश्याम भुसालले पार्टीले समाजवादको स्पष्ट खाका बनाउनु पर्नेमा जोड दिएका छन् ।
नेकपाका नेता लेखनाथ न्यौपानेद्धारा लिखित ‘सर्घषको इतिहास’ पुस्तकको परिचर्चा कार्यक्रम सहभागित हुन गोरखा आएका नेता भुषालले त्यस्तो कुरा बताएका हुन ।
अहिले हावी रहेको दलाल पुँजीवादको नियन्त्रण गरी राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादतर्फ लाग्नुपर्ने उनको सुझाव छ । भुषालले पार्टी भित्रको गुट छोडेर एजेण्डामा बहस गर्ने बेला आएको बताए ।
कार्यक्रम प्रगतिशिल लेखक संघ गोरखाले आयोजना गरेको हो । परिचर्चा कार्यक्रममा नेता भुषालले भविष्यलाई हेरेर पार्टीको कार्यदिशा निर्माण गर्ने बेला आएको बताए । पार्टी भित्रको गुट उपगुट त्यागेर अघि बढ्नुपर्ने भुषालको भनाई थियो ।
नेता भुसालले अहिले नेपाल कम्युनिष्ट पार्टीलाई जनताले तराईबाट लेकमा पुरयाएकोले पार्टीको जिवन लेकमा समायोजन हुन केही समस्या र अफ्ठ्यारा आएको ब्यग्य गरे ।
‘जसरी तराईमा बसोबास गर्दै आएको व्यक्तिलाई उच्च हिमाली भेक पुग्दा त्यहाँको बाताबरणमा मिल्न समस्या हुन्छ, अहिले नेकपामा पनि त्यस्तै ठूलो समस्या भएको’ बताए ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवं कृतिका लेखक लेखनाथ न्यौपानेले पछिल्लो समय पार्टीलाई बैचारिक भन्दा पनि बिक्रिका साधनको रुपमा प्रयोग गर्ने संस्कार हावी भएको बताए ।
‘बिचारमा केन्द्रित हुने भन्दा पनि कुनकुरा बजारमा बिक्रिहुन्छ त्यही कुरा उठाउने संस्कार पार्टी भित्र हावी भएको’ नेता न्यौपानेको भनाई थियो ।
संघर्षको इतिहासबारे परिचर्चा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं अनेरास्ववियू (क्रान्तिकारी)का पूर्वअध्यक्ष लेखनाथ न्यौपानेद्वारा लिखित ‘संघर्षको इतिहास’ नामक पुस्ताकबारे गोरखा सदरमुकाममा परिचर्चा भएको छ ।
प्रगतिशिल लेखक संघ गोरखाको आयोजनामा जिल्ला समन्वय समितिको सभाहलमा पुस्तकमाथि परिचर्चा भएको हो ।
पुस्तकमा विश्व कम्युनिष्ट आन्दोलन र नेपाल कम्युनिष्ट आन्दोलनका विभिन्न पक्ष र पाटोलाई लिपिबद्ध गरिएको लेखक न्यौपानेले बताए ।
पुस्तकलाई समाजवाद, राजनीति अर्थशास्त्र, दर्शनशास्त्र र नेपाली विद्यार्थी आन्दोलन गरी चार भागमा विभाजन गरिएको उनले जानकारी दिए ।
आन्दोलनमा लाग्ने आधारभूत र मध्यम तहका कार्यकर्ताका लागि लक्षित गरेर पुस्तक तयार गरेको उनले बताए । कार्यक्रम का प्रमुख बक्ता नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भुषालले पुस्तक जनयुद्धको बौद्धिक ऐना भएको चित्रण गरे ।
पुस्तक बारे समिक्षा त्मक टिप्पणी गर्दै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर हेमराज ढकालले कम्युनिष्ट पार्टीभित्र पदको हानाथापका विषयमा पुस्तक मौन रहेको चर्चा गरे ।
‘यो इतिहासको दस्तावेज हो तर कम्युनिष्टको प्रवृत्ति फेरीदै गएको सन्दर्भमा पुस्तक मौन छ’ उनले भने ‘पाठकका लागि इतिहास जान्न उपयोगी छ ।’
संघका उपाध्यक्ष ऋषि खनालले पुस्तकमा काल्पनिक समाजवाद, वैज्ञानिक समाजवाद, अन्तराष्टिूय कम्युनिष्ट आन्दोलन, विभिन्न देशका कम्युनिष्ट आन्दोलनहरु, नेपाली कम्युनिष्ट आन्दोलन, नेपाली जनयुद्ध, इतिहास, शक्ति, षडयन्त्र र हत्या तथा राज्यविरुद्धका विद्रोहका बारेमा पुस्तकका व्याख्या गरिएको बताए ।
संघका अध्यक्ष विशेश्वर कट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका कम्युनिष्ट नेताहरु भक्ति लामिछाने, प्रेम गुरुङ, यादव शर्मा, रामबहादुर ढकाल, जुद्धविलास भण्डारी, द्रोण तिमिल्सीना, विष्णु भट्ट, ज्ञानराज गुरुङ, डिलबहादुर सेन्चुरी लगायतले पुस्तकमाथि चर्चा गरेका थिए ।