काठमाडाैं- बैदेशिक राेजगारीकाे शिलशिलामा इराककाे सुलेमानीमा रहेका यसवाहरूकाे पहलमा स्तन क्यान्सर पिडितलाइ सहयाेग रकम हस्तान्तरण गरेका छन् ।
कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी र हिमालयन शेर्पा युनिक ग्रुपकाे पहलमा संकलित रकम सिटि एक्सप्रेस मनि ट्रान्सफरका निर्देशक चन्द्र टन्डन र कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानीका महासचिव तथा सिटि एक्सप्रेस मनि ट्रान्सफर इराकका प्रतिनिधि बिनोद श्रेष्ठ मार्फत सहयोग रकम हस्तान्तरण गरेका हुन् ।
प्रमुख अभियान्ता ठूलो कान्छा शेर्पाको अपिलमा (काेषाध्यक्ष कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमानी उपाध्यक्ष हिमालयन शेर्पा युनिक ग्रुप)स्तन क्यान्सर पीडित भोटेकोशी गाउँपालिका वार्ड न:५ पेम्बा डोल्मा शेर्पालाइ रकम हस्तान्तरण गरेका हुन् ।
२०७३ देखि भक्तपुर क्यान्सर हस्पिटलमा उपचारार्थ पिडितकी श्रीमान हर्क बहादुर श्रेष्ठले अार्थिक अवस्था भएकाे हुदाँ उपचारमा समस्या भएपछि विभिन्न साथीहरूकाे माध्यमबाट इराकमा रहेका अाफ्ना दाजुभाइकाे पहलमा करिव २ लाख नेपाली रपैया सहयाेग गरेकाेमा हृदयदेखि नै धन्यबाद दिए ।
सहयोग रकम कुर्दिस्तानबाट सिटि एक्सप्रेस मनि ट्रान्सफरको आधिकारिक एजेन्ट अल्तेफ इस्लामिक बैंक मार्फत सहयोग पठाएको रकम १ लाख ९६ हजार ९६४ र सिटि एक्सप्रेस मनि ट्रान्सफर मार्फत सहयोग रकम पठएको रकम १३ हजार ०३६ रूपैया रहेकाे श्रेष्ठले जानकारी दिए ।
भिडियाे