गाेरखा- गोरखाको मुख्य बजार क्षेत्र तथा जिल्लाको मुख्य प्रबेशद्वारमा अवैधरूपमा राखिएका होर्डिंग बोर्ड बढ्दो क्रममा रहेका छन् ।
जिल्लाको प्रबेशद्वारको आबुखैरेनि देखी गोरखा बजारसम्म रहेका करिब ५० का हाराहराीमा स्थापित भएका होर्डिङ बोर्डका लागि नगरपालीकाले करको दायारामा ल्याउन नसकदा लाखौको राजश्व गुमाउनु परेको हो ।
नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष मनाउने निर्णय गरेर कार्यान्वयन गर्नै लाग्दा जिल्लाका भित्ताका व्यापारीका विज्ञापनले जिल्लाको सुन्दरतालाई कुरुप वनाएको छ ।
जिल्ला प्रवेश हुने मरस्याङदी पुलवाट गोरखा सदरमुकाम तर्फको भित्तामा विभिन्न सिमेन्ट तथा अन्य व्यापारीका संघ संस्थाका विज्ञापनले नगरको सुन्दरतालाई कुरुप वनाएको हो ।
विषेश गरी होङसी सिमेन्टको करिव ३ दर्जन भन्दा वढी विज्ञापन मझुवा देउराली, अँवुवाको जंगल, ३ किलोको भित्ता, स्याउलीको भित्ता, १४ किलोको भित्ता, विरेन्चोकको भित्ता, खोलखोले भित्तामा भएकाे विज्ञापनले कुरुपता थपेको हो ।
गोरखा वजार आसपासका निम्न आयले खोलेका स-साना व्यापारीक स्थल भत्काउने गोरखा नगरपालिकाले देशका ठूला व्यापारीक कम्पनीले विना इजाजत नगरको सुन्तरता कुरुप हुनेगरी विज्ञापन राख्न दिदाँ समेत नगरपालिका कानमा तेल हालेर वसेको छ ।
विज्ञापन वनाउन दिए पनि उचित निर्देशिका वनाएर नगरको सुन्दरतामा आँच नपर्ने उचित शुल्क निर्धारण गरेमा नगरको आम्दानी पनि वढ्ने छ । तर, नगरपालिकाले केहि समित व्यत्तिहरूकाे स्वार्थमा परि बिज्ञापन करविना नै जिल्लाकाे मुख्य प्रवेश मार्ग नै कुरूप बन्दै गएकाे जिल्लामा पर्यटन क्षेत्रमा काम गर्नेहरू बताउछन् ।
बिशेष गरी सिमेन्ट, कलेज, माेवाइल फाेन तथा अन्य विज्ञापनहरू देखाउने होर्डिङ बोर्डहरू सडकका दायाँ बायाँ राख्दा राज्यले करकाे दायरामा ल्याउन नसक्दा लाखाैकाे राजश्व (बिज्ञापन कर) गुमाउनु परकेा हाे ।
बिज्ञापन करबाट लाखाैकाे राजश्व उठाउन सकिन्थाे तर सम्बन्धित निकायहरबाट बिना अनुमति मस्याङदी नदिकाेकाे पुल देखि गाेरखा बजारसम्म यस्ता बिज्ञापन राखिएका छन् । त्यस्तै नेपाल विद्युत् प्राधिकरण वितरण शाखाका गोरखाकाे बिजुली पाेलहरूमा बिभिन्न कलेज तथा निजि कम्पनीका बिज्ञापनहरू राखीएका छन् ।
सरकारले अव कुनै सेवा, वस्तु र कार्यक्रम प्रचारका लागि बिजुली, टेलिफोन, सोलारलगायत सार्वजनिक सेवा प्रदान गर्न गाडिएका खम्बामा ‘होर्डिङ बोर्ड’ राख्न नपाइने भएकाे भएतापनि गाेरखा नगरले भने विना अनुमति यस्ता भित्ते विज्ञापन तथा बाेर्डहरू राख्दै अाएकाे छ ।
प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा भइरहेको विज्ञापन नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा जथाभाबी राखिने होर्डिङ बोर्डले सहर कुरूप बनाएको भन्दै सांसदहरूले यस्तो सहमति गरेका थिए ।