काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाएको छ। तीन दिन स्थिर रहेको सुनको मूल्य मंगलबार तोलाको एक हजार रुपैयाँ बढेर प्रतितोला ७१ हजार रुपैयाँ पुगेको हो।
यो अहिलेसम्मकै उच्च बिन्दु हो। लगातार सुनको मूल्य बढेपछि बिक्री नभई सुन बैंकमा थुप्रिएका छन्। सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छ।
यो मूल्य हालसम्मकै उच्च हो। जानकारहरुका अनुसार सुनलाई सुरक्षित लगानीको रुपमा हेरिन्छ। व्यापार युद्ध, आर्थिक संकट र राजनीतिक आन्दोलनसमेतले सुनको मूल्य बृद्धि गरिरहेको छ।
यी हुन् मूल्य बढ्नुको ६ कारण
चीन -अमेरिका व्यापार युद्ध
अमेरिकी केन्द्रीय बैँकले घटाएको व्याज
कमजोर शेयर बजार
सुस्त जर्मन अर्थतन्त्र
अमेरिकाको इरान र उत्तर कोरियासँग कटु सम्बन्ध
जम्मु कश्मीर विवाद